emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

कञ्चनरूपको सार्वजनिक सुनुवाइमा जनगुनासोको वर्षा

source e-Madhesh २०८२ असार २ गते , सोमबार
0
Shares
26
Views
कञ्चनरूपको सार्वजनिक सुनुवाइमा जनगुनासोको वर्षा

 भुपदेव माली,
राजविराज, ०२ असार ।
कञ्चनरूप नगरपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रम आलोचना र गुनासोले भरिएको देखिएको छ। सोमबार कञ्चनरूप बेरियरमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दा, शिक्षक, पत्रकार, समाजसेवी लगायतका वक्ताहरूले नगरपालिकाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे।
वक्ताहरूले नगरपालिकाले विकासभन्दा भोजभतेर र पार्टीमा जोड दिएको, मासुभात र इन्धनमा लाखौं रुपैयाँ खर्च गरेको आरोप लगाए। उनीहरूको भनाइमा, चालु आर्थिक वर्षमा मात्र मासुभातमा ३५ लाख र इन्धनमा करोडौं खर्च भएको छ।
शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिएको योजनाविपरीत काम भएको भन्दै सहभागीहरूले सामुदायिक विद्यालयहरूमा व्यवस्थापन समिति गठन नभएको, गरीब विद्यार्थीहरूका लागि दिइने दिवा खाजा र सामग्री कटौती गरिएको, र शैक्षिक गुणस्तर खस्किएको गुनासो गरे।
नगर अस्पतालमा सामान्य औषधि पनि नपाइने, लोडसेडिङ हुँदा सेवा बन्द हुने, र सरकारी कोटाको औषधि बिरामीले नपाउने अवस्था रहेकोप्रति गम्भीर प्रश्न उठाइयो।
कृषि क्षेत्रको अवस्थाबारे बोल्दै वक्ताहरूले पालिकाले बीउ, मल, खाद्य व्यवस्थापन गर्न नसकेको, तथा सिंचाइ अभावले कृषक मर्कामा परेको उल्लेख गरे। त्यस्तै, नगरभित्र सार्वजनिक शौचालयको अभाव, फोहोर व्यवस्थापनमा लापरबाही र दूषित वातावरण बढ्दो रहेको जनाइएको छ।
कार्यक्रममा नगरपालिकाका कर्मचारीहरू नागरिकप्रति गैरजिम्मेवार, ढिलासु र मनपरी भएको आरोप समेत लगाइयो। कतिपय कर्मचारी कार्यालयमा उपस्थित नहुने, सेवा दिन आनाकानी गर्ने, कार्यालयको सट्टा बजारमा भेटिने गरेको सहभागीहरूको भनाइ थियो।
पत्रकार भोला पासवानले नगरपालिकाको बजेट खर्च शीर्षक र योजनासँग नमेलिएको, सञ्चारमा लाखौं खर्च भए पनि स्थानीय पत्रकारले त्यो सुविधा नपाएको भन्दै कडा प्रश्न उठाए। उनले ईआईएमा खर्च भएर काम नगरेको, र तलब भत्तामा समेत अनियमितता भएको दाबी गरे।
नगरप्रमुख ललन प्रसाद गुप्ताले सबै गुनासो सुनेपछि सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे। तर नगर उपप्रमुख मुना कुमारी पोखरेलले कार्यक्रममा आफूलाई जानकारी नदिइएको भन्दै बहिष्कार गरेकी थिइन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो विरोध सार्वजनिक रूपमा व्यक्त गरेकी छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव