emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा करिब ७ क्विन्टल गाँजा बरामद

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
32
Views
सप्तरीमा करिब ७ क्विन्टल गाँजा बरामद

२८ पुस, सप्तरी।
 सशस्त्र प्रहरी बल सप्तरीले सप्तरीको बलान विहुल गाउँपालिका वडा नं -१ को  कमलदहबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।  

शनिबार राति कमलदहको एक परालको टालमा लुकाएर राखिएको अवस्थामा करिब ७ क्विन्टल अवैध गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो । 

२४ ओटा पोकामा ६ सय ७० किलो अवैध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

यसअघि मङ्सिर ३ गते राती पनि प्रहरीले राजगढ गाउँपालिकाबाट एक टिपरमा लोड गरिएको अवस्थामा १ हजार ७ सय १७ किलो लागू औषध गाँजा नियन्त्रणमा लिएको थियो।

पूर्वी पहाडी जिल्लाबाट आयात गर्दै सप्तरीमा गाँजा भण्डारण गरिने र यहाँबाट भारततर्फ तस्करी हुने गरेको छ। प्रहरीले गाँजा नियन्त्रणमा लिने गरे पनि कारोबारी भने पक्राउ पर्ने गरेका छैनन्। खासगरी सप्तरीको पश्चिमी भेगको सिमाना वरिपरि गाजा एवं अन्य लागू औषधहरू तस्करी कारोबार हुने गरेको पटकपटक समाचारहरूमा आइरहेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव