emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

विश्व संगीत दिवसमा काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुने

source e-Madhesh २०८२ असार २ गते , सोमबार
0
Shares
79
Views
विश्व संगीत दिवसमा काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुने

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, ०२ असार । 
 विश्व संगीत दिवसको अवसरमा राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बृहत थारू सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रमको उद्देश्य थारू भाषा, संस्कृति, पहिचान र कलाको संरक्षण तथा प्रवद्र्धन गर्नु रहेको मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यले जानकारी दिए। “संगीत दिवस केवल रमाइलोको दिन होइन, यो हामीजस्ता समुदायका लागि आफ्नो पहिचान बचाउने माध्यम पनि हो,” अध्यक्ष वैद्यले पत्रकार सम्मेलनमा भने।
कार्यक्रममा मेचीदेखि महाकालीसम्मका ५० भन्दा बढी थारू कलाकारहरूले धुम्रा, झुम्रा, मघौटा जस्ता मौलिक थारू नाचगान प्रस्तुत गर्नेछन्। कार्यक्रमको मूल नाराः ‘भाषा, कला–संस्कृति हमर शान, पहिचान बचैना हमार अभियान’ तय गरिएको छ।
कार्यक्रमको प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका राज्यमन्त्री अरुण कुमार चौधरी रहनेछन्।
सांस्कृतिक कार्यक्रममा साथै थारू परिकार, पहिरन, गहना र सांस्कृतिक सामग्रीहरूको प्रदर्शनीसमेत हुनेछ। दोस्रो दिन मञ्चको वार्षिक साधारणसभा हुनेछ, जसमा केही विधान संशोधन गरिने पनि अध्यक्ष वैद्यले बताए।
कार्यक्रममा सहभागिताका लागि प्रवेश शुल्क रु १,००० तोकिएको छ भने टिकटको प्रिबुकिङ खुला भइसकेको छ। कार्यक्रम स्थलमै पनि टिकट उपलब्ध हुने बताइएको छ।
वैद्यले सम्पूर्ण थारू संघसंस्था, संस्कृति प्रेमी र सरोकारवालालाई कार्यक्रममा सहभागी भई थारू पहिचान सुदृढ बनाउन अपिल गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव