emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

शिक्षामा व्यापारीकरण भएको भन्दै अखिल (क्रान्तिकारी)द्वारा संघर्षको घोषणा

source e-Madhesh २०८२ असार १ गते , आइतबार
0
Shares
30
Views
शिक्षामा व्यापारीकरण भएको भन्दै अखिल (क्रान्तिकारी)द्वारा संघर्षको घोषणा

लिलाकान्त यादव,
काठमाडौँ, ०१ असार । 
 सरकारले शिक्षामा निजीकरण र व्यापारीकरण बढाउँदै लगेको भन्दै अखिल (क्रान्तिकारी) लगायत तीन विद्यार्थी संगठनले असार १५ देखि ३० गतेसम्म देशव्यापी विद्यार्थी जागरण तथा शैक्षिक संघर्ष अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।
आइतबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा संघर्षको कार्यक्रम सार्वजनिक गरिएको हो। नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) निकट अखिल(क्रान्तिकारी) र नेकपा (मसाल) निकट अखिल (छैटौं) का नेताहरू सम्मिलित एकता राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकले उक्त निर्णय गरेको हो।
कार्यक्रममा संयोजक महेश श्रेष्ठले, “शिक्षा संविधानविपरीत महँगो व्यापारमा परिणत भएको छ,” भन्दै सरकारलाई जनताविरुद्धको शिक्षा नीति परिवर्तन नगरे आन्दोलन चर्काउने चेतावनी दिए।
नेता नविन खड्का, दिपक विष्ट, नेत्र शाही र शोभा सेन्चुरीले सरकारी शिक्षालयहरूलाई कमजोर पार्ने र निजी तथा विदेशी सम्बन्धनका कलेजलाई लाभ दिलाउने नीति विरुद्ध व्यापक संघर्षको तयारी भइरहेको जानकारी गराए।
कार्यक्रममार्फत एनओसी प्लस टुमा रोक, भ्रष्ट शिक्षा दलालको बहिष्कार, र सार्वजनिक शिक्षाको संरक्षणजस्ता मागसहित १० बुँदे अभियान सार्वजनिक गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव