emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मेलम्ची आयोजना २०४५ सालमै सुरु भएको होः प्रदेश प्रमुख खापुङ

source e-Madhesh २०८२ असार १ गते , आइतबार
0
Shares
21
Views
मेलम्ची आयोजना २०४५ सालमै सुरु भएको होः प्रदेश प्रमुख खापुङ

ईमधेश न्यूज सम्वाददाता,
विराटनगर, ०१ असार ।
 कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मेलम्ची खानेपानी आयोजनाबारे आफ्नो संलग्नता रहेको ऐतिहासिक प्रसंग सुनाएका छन्। उनले वि.सं. २०४५ सालमा आफू आवास तथा योजना मन्त्रालयअन्तर्गत खानेपानी मन्त्री हुँदा मेलम्ची आयोजना प्रारम्भ भएको बताएका हुन्।
उनका अनुसार, इन्जिनियर डीपी साहको नेतृत्वमा त्यतिबेला पटक–पटक सर्भे गरिएको थियो भने २०४८ सालपछि आयोजना मूर्तरूपमा अघि बढेको हो।
प्रदेश प्रमुख खापुङले उक्त भनाइ टंकिसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्था, बुढिगंगा–३, नेमुवा मोरङद्वारा आयोजित १४औं साधारणसभा कार्यक्रममा व्यक्त गरेका हुन्।
कार्यक्रममा उनले संस्थालाई जग्गादान गर्ने संविधानसभा सदस्य वीरेन्द्रकुमार माझी र उनकी श्रीमती रेखादेवी माझीलाई सम्मान समेत गरेका थिए।
सो कार्यक्रममा बुढिगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा, मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेल, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, विराटनगरका प्रमुख सुरतलाल चौधरीलगायतको उपस्थिति रहेको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव