emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

हनुमाननगर कंकालिनी नगरपालिकाका किशोर–किशोरीलाई साइबर सुरक्षाबारे सचेतना कार्यक्रम

source e-Madhesh २०८२ जेष्ठ ३१ गते , शनिबार
0
Shares
17
Views
हनुमाननगर कंकालिनी नगरपालिकाका किशोर–किशोरीलाई साइबर सुरक्षाबारे सचेतना कार्यक्रम

लिलाकान्त यादव,
राजविराज, ३१ जेष्ठ ।
 सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका किशोर–किशोरीहरूलाई लक्षित गरी डिजिटल सुरक्षाका उपाय र मानसिक स्वास्थ्यका आधारभूत पक्षहरूबारे एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको उद्देश्य किशोर–किशोरीहरूलाई सुरक्षित डिजिटल व्यवहार, सामाजिक सञ्जालको सचेत प्रयोग, अनलाइन जोखिमबाट जोगिने उपाय र आत्मस्वीकृति, तनाव व्यवस्थापन तथा मानसिक सन्तुलनका विषयमा जानकारी गराउनु रहेको थियो।
कार्यक्रममा सहभागीहरूले डिजिटल युगमा किशोर पुस्ताले सामना गर्नुपर्ने साइबर अपराध, व्यक्तिगत गोपनीयता, अनलाइन उत्पीडन लगायत विषयमा प्रशिक्षण लिएका थिए। साथै, उनीहरूलाई मानसिक स्वास्थ्यको महत्व, कसरी आत्मबल कायम राख्ने, कसरी तनाव व्यवस्थापन गर्ने, र कसरी सकारात्मक सोच विकास गर्ने भन्ने विषयमा पनि प्रशिक्षित गरिएको थियो।
नगरपालिकाले यस्ता कार्यक्रम किशोर–किशोरीको समग्र व्यक्तित्व विकास, सुरक्षित व्यवहार र मानसिक सशक्तीकरणका लागि प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।
कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी तथा सामाजिक कार्यकर्ताको उपस्थिति रहेको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव