emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जसपा नेपाल नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन गोदावरीमा सुरु

source e-Madhesh २०८२ जेष्ठ ३१ गते , शनिबार
0
Shares
24
Views
जसपा नेपाल नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन गोदावरीमा सुरु

ईमधेश न्यूज सम्वाददाता,
ललितपुर, ३१ जेष्ठ ।
 जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) अन्तर्गतको राष्ट्रिय मोर्चा ८८‘नेवाः राष्ट्रिय समिति’८८को ऐतिहासिक प्रथम अधिवेशन शनिबार बिहान ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैबको ता–फल्चा प्राङ्गणमा भव्य रूपमा सुरु भएको छ।
अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष उपेन्द्र यादवले गरेका हुन्। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष बिधुत बज्राचार्य विशेष अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रम सुरु हुनु अघि स्थानीय नेवार समुदायको सांस्कृतिक पहिरन र परम्परागत बाजागाजासहित हजारौँको र्याली निकालिएको थियो। र्यालीले नेवार समुदायको मौलिक संस्कृति र पहिचानप्रति सम्मान प्रकट गरेको आयोजकले बताएका छन्।
कार्यक्रममा जसपाका अन्य केन्द्रीय नेताहरु, काठमाडौं उपत्यकाका नेवार समुदायका प्रतिनिधिहरू, कार्यकर्ता र स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।
अधिवेशनमार्फत नेवार समुदायको राजनीतिक, सांस्कृतिक र सामाजिक अधिकार प्रवद्र्धन गर्न संगठनात्मक सुदृढीकरण, नीति निर्माण र भावी कार्यदिशाबारे छलफल हुने बताइएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव