emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राजविराज नगरपालिकामा शक्ति संघर्ष, लेखा अधिकृत कुटिए

source e-Madhesh २०८२ जेष्ठ २७ गते , मंगलबार
0
Shares
29
Views
राजविराज नगरपालिकामा शक्ति संघर्ष, लेखा अधिकृत कुटिए

ईमधेश न्यूज सम्वाददाता,
राजविराज, २७ जेष्ठ ।
 राजविराज नगरपालिकामा निलम्बित मेयर भीमराज यादव र कार्यवाहक मेयर इसरत परविन पक्षबीचको शक्ति संघर्ष मंगलबार हिंसात्मक झडपमा परिणत भएको छ। प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति विवादले चर्किँदा नगरपालिका कार्यालयमा तोडफोड र कुटपिटको घटना भएको हो।
झडपमा लेखा अधिकृत शत्रुधनलाल दाससहित दुई जना घाइते भएका छन्। उनीहरूको उपचार गजेन्द्रनारायण सिंह अस्पतालमा भइरहेको छ।
विवाद कार्यवाहक मेयर परविनले शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउने निर्णयपछि चर्किएको हो। त्यसको विरोधमा निलम्बित मेयर पक्षले तीन दिनदेखि तालाबन्दी गरिरहेको थियो।
मंगलबार कार्यवाहक मेयरले प्रहरीको सहयोगमा ताला खोलेर पदभार ग्रहण गराउने प्रयास गर्दा स्थिति तनावग्रस्त बन्यो। ढुंगामुढा र कुटपिट भएपछि सुरक्षाकर्मीले कार्यवाहक मेयर र नवनियुक्त प्रमुखलाई कार्यालयभित्रै सुरक्षामा राख्नुपरेको थियो।
निलम्बित मेयर यादवले आन्दोलनमाथि दमन गरिएको आरोप लगाएका छन् भने कार्यवाहक मेयर परविनले “अनौचित्यपूर्ण आन्दोलनले विकास रोकिएको“ भन्दै निकासको प्रयास गरेको दाबी गरेकी छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव