emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

एभरेष्ट इन्जिनियरिङ कलेजमा शिक्षण विधि तालिम सम्पन्न

source e-Madhesh २०८२ जेष्ठ २७ गते , मंगलबार
0
Shares
17
Views
एभरेष्ट इन्जिनियरिङ कलेजमा शिक्षण विधि तालिम सम्पन्न

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २७ जेष्ठ ।
 ललितपुरको सानेपास्थित एभरेष्ट इन्जिनियरिङ कलेजमा आयोजित शिक्षण विधि तालिम सोमबार सम्पन्न भएको छ। कलेजका दुई दर्जनभन्दा बढी शिक्षक–शिक्षिकाको सहभागितामा सम्पन्न तालिमले अध्यापन क्षमतामा अभिवृद्धि गर्ने लक्ष्य राखेको थियो।
‘शिक्षक विकास कार्यशाला’ नाम दिइएको कार्यक्रममा श्रोतव्यक्तिका रूपमा डा. उमेश श्रेष्ठ रहेका थिए। तालिम अन्तक्रियात्मक ढंगमा सञ्चालन गरिएको थियो भने विषयवस्तुमा सैद्धान्तिकभन्दा व्यवहारिक पक्षमा विशेष जोड दिइएको कलेजले जनाएको छ।
कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठका अनुसार, यो तालिम कलेजले सञ्चालन गर्दै आएको विशिष्ट शिक्षण पद्धतिलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित आयोजना गरिएको हो। उनले तालिमको प्रत्यक्ष प्रभाव विद्यार्थीको शैक्षिक नतिजामा देखिने विश्वास व्यक्त गरे।
एभरेष्ट इन्जिनियरिङ कलेज विगत २४ वर्षदेखि सञ्चालनमा रहेको नेपालको अग्रणी प्राविधिक शिक्षण संस्था हो। यहाँ इन्जिनियरिङका विभिन्न विषयहरूमा स्नातकदेखि स्नातकोत्तर तहसम्मको अध्ययन गराइन्छ।
तालिम प्रभावकारी र व्यावहारिक भएको प्रतिक्रिया सहभागी शिक्षकहरूले दिएका छन्। कलेजले आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव