emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीका निजी विद्यालय सञ्चालकद्वारा प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै न्यायको माग

source e-Madhesh २०८२ जेष्ठ २५ गते , आइतबार
0
Shares
44
Views
सप्तरीका निजी विद्यालय सञ्चालकद्वारा प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै न्यायको माग

भुपदेव माली,
राजविराज, २५ जेष्ठ ।
सप्तरी जिल्लाका विभिन्न निजी विद्यालयका संस्थापक तथा सञ्चालकहरूद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ। ज्ञापनपत्रमार्फत उनीहरूले शिक्षा क्षेत्रमा भइरहेको विभेद, बेवास्ता र अनियमितताप्रति गम्भीर आपत्ति जनाउँदै आफूहरूलाई न्याय दिलाउन माग गरेका छन्।
ज्ञापनपत्रमा भनिएको छ, “शिक्षा व्यक्तिको सर्वाङ्गीण विकासको आधार मात्र नभई राष्ट्र विकासको मेरुदण्ड हो।” उनीहरूले राजनीतिक पूर्वग्रह, व्यक्तिगत ईष्र्या र केही संस्थापकहरूको आभाषीय असक्षमता देखाउँदै साना विद्यालयहरूलाई लक्षित गरी नियोजित रूपमा विघटन गर्न खोजिएको आरोप लगाएका छन्।
राजविराजस्थित ठूला कलेज तथा विद्यालयहरूलाई संरक्षण दिइँदै साना ग्रामीण शिक्षालयहरूलाई दबाब दिने र अनुमति नदिने कार्यप्रति असन्तुष्टि व्यक्त गरिएको छ। उनीहरूले पटक–पटक अनुमति माग्दा पनि सम्बन्धित निकायबाट उचित जवाफ नपाएको, र त्यसका कारण विद्यालय सञ्चालनमा ठूलो अन्यौल सिर्जना भएको उल्लेख गरेका छन्।
ज्ञापनपत्रमा राजविराजका मिशन कलेज, युनिभर्सल कलेज, क्षितिज कलेज  लगायतका ठूला संस्थाहरू गतिविधिको पनि नियमन नभएको भन्दै समान मापदण्ड कायम गर्न माग गरिएको छ। उक्त संस्थाहरु कुन निकायबाट अनुमती लिई नियम संगत चलिरहेको छ कि छैन उजागर हुनु आवश्यक छ । साथै, सामुदायिक विद्यालयहरूले पनि शुल्क उठाउने र नियमविपरीत संस्थागत विद्यालयका विद्यार्थीहरुलाई  भर्ना लिई जाँचमा मात्र समावेश  गराउनेजस्ता कार्य भइरहेको दाबी गरिएको छ।
ज्ञापनपत्रमार्फत अनुमति प्राप्त गर्न, नियमनमा पारदर्शिता ल्याउन र ग्रामीण शिक्षाको संरक्षण गर्न आवश्यक सरकारी पहलको माग गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव