emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरी–सिरहा हुँदै गाईघाट जाने नयाँ सडक ट्रयाक खोलिँदै

source e-Madhesh २०८२ जेष्ठ २४ गते , शनिबार
0
Shares
27
Views
सप्तरी–सिरहा हुँदै गाईघाट जाने नयाँ सडक ट्रयाक खोलिँदै

ईमधेश न्यूज सम्वाददाता,
राजविराज, २४ जेष्ठ ।
 सप्तरीको कल्याणपुर बजार हुँदै उदयपुरको मोतीगढा–गाईघाटसम्म पुग्ने नयाँ सडक ट्रयाक खोल्ने कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। सडक डिभिजन कार्यालय लहानका अनुसार करिब १७ किलोमिटर लामो यो ट्रयाक पूर्व–पश्चिम राजमार्गदेखि चुरे क्षेत्र पार गर्दै गाईघाट जोड्नेछ।
शुक्रबार सडक निर्माणको शिलान्यास संघीय सांसद तथा युवा तथा खेलकुद विकासमन्त्री तेजुलाल चौधरीले गरेका थिए। उनले सहरीकरण र जनघनत्वको कारण यातायात सहज बनाउन नयाँ मार्ग आवश्यक रहेको बताए।
स्थानीय व्यापारीहरूका अनुसार ट्रयाक खुल्नासाथ व्यापार, कृषि र यातायातमा ठूलो सुधार आउनेछ। व्यवसायी राजेश यादवले पहाड–तराईबीच ढुवानी सजिलो हुने बताए। स्थानीय सञ्जु चौधरीले ट्रयाकपछिको चरणमा कालोपत्रे गर्न बजेट आए फिलिली क्षेत्रबाट गाईघाट पुग्न छोटो समय लाग्ने बताए।
चार करोड ४० लाख रुपैयाँ बराबरको ठेक्का सम्झौता मिशन कन्ट्रक्सन एण्ड स्प्लायर्स प्रालि सँग भएको छ। निर्माण कम्पनीका इञ्जिनियर सुरेन्द्र जैसवालका अनुसार १० मिटर चौडाइको ट्रयाक बनाइँदैछ। वन कार्यालयको ढिलाइपछि हाल स्वीकृति आएपछि काम तीव्र भएको डिभिजनका इञ्जिनियर चन्द्रकान्त चौधरीले जानकारी दिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव