emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति यादवद्वारा ईद–उल–अज्हाको शुभकामना

source e-Madhesh २०८२ जेष्ठ २४ गते , शनिबार
0
Shares
20
Views
उपराष्ट्रपति यादवद्वारा ईद–उल–अज्हाको शुभकामना

लिलाकान्त यादव,
काठमाडौं, २४ जेष्ठ ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद–उल–अज्हाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमार्फत उपराष्ट्रपतिले यो पर्वले आपसी सद्भाव, भाईचारा, शान्ति र त्यागको सन्देश फैलाउने विश्वास व्यक्त गरे। उनले इस्लाम धर्ममा रहेको कुर्बानीको भावना आत्मशुद्धि, परोपकार र मानवीय मूल्यमान्यतासँग जोडिएको उल्लेख गर्दै हरेक धर्ममा रहेको त्यागको महत्वलाई स्मरण गराए।
पछिल्लो समय धार्मिक विकृति र विसंगति हटाउँदै मूल मर्म र दर्शनको प्रवद्र्धन आवश्यक रहेको उल्लेख गर्दै उनले सबै धर्मावलम्बीहरूलाई सहिष्णुता, समभाव र मानवता कायम राख्न आह्वान गरे।
नेपालको बहुधार्मिक, बहुसांस्कृतिक पहिचानले सबै धर्मबीच सद्भाव र सम्मानको परम्परा स्थापित गरेको उल्लेख गर्दै उपराष्ट्रपतिले यस पर्वले राष्ट्रिय एकता, सामाजिक समरसता र समृद्ध नेपालको निर्माणमा प्रेरणा दिन सकोस् भन्ने शुभेच्छा व्यक्त गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव