emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट

source e-Madhesh २०८२ जेष्ठ २२ गते , बिहीबार
0
Shares
30
Views
उपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट

लिलाकान्त यादव,
काठमाडौं, २२ जेष्ठ ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि रुसी महासंघका राजदूत एलेक्सी नोभिकोभबीच बिहीबार लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा दुवै पक्षले नेपाल–रूसबीचको कूटनीतिक सम्बन्धको सुदृढीकरण, द्विपक्षीय सहयोग विस्तार तथा उच्चस्तरीय भ्रमण आदानप्रदानको आवश्यकताबारे छलफल गरेका थिए।
उपराष्ट्रपति यादवले सन् १९५६ मा स्थापित दुई देशबीचको मित्रवत् सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित रहेको उल्लेख गर्दै पूर्वाधार तथा मानव संसाधन विकासमा रूसले पु¥याएको योगदानको प्रशंसा गरे।
उहाँले वाणिज्य, प्रविधि, शिक्षा र सांस्कृतिक सहकार्यको माध्यमबाट साझेदारी विस्तार गर्न नेपाल इच्छुक रहेको र त्यसका लागि सरकार सक्रिय रहेको जानकारी गराए। साथै, उहाँले आगामी रूस दिवसको अवसरमा राजदूतमार्फत रूसी जनतालाई शुभकामना व्यक्त गरे।
राजदूत नोभिकोभले पनि नेपाल–रूस सम्बन्धलाई प्रगाढ बनाउन आपसी संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव