ई-मधेश न्युज
सप्तकोशीमा गोताखोर अभ्यासका क्रममा २ सशस्त्र प्रहरी जवान बेपत्ता
भूपदेव माली,
राजविराज, २२ जेष्ठ ।
मनसुन बिपद पूर्व तयारी गोताखोर अभ्यासको क्रममा सप्तकोशीमा २ जना शसस्त्र प्रहरी जवान बेपत्ता भएका छन् । सप्तरी र सुनसरी जिल्लाको सिमानामा पर्ने कोशीब्यारेजको दक्षिणतर्फ नदीमा अभ्यास गरिरहेका प्रहरी जवानद्वय सुरज साउद र हरीदेव राजबंशी बिहिबार दिउँसो ३ बजे बेपत्ता भएको ईलाका प्रहरी कार्यालयले जानकारी दिइएको छ ।
शसस्त्र प्रहरी बलका गोताखोर अभ्यासमा मध्यान्ह १२ बजे नदीमा २ वटा समूह पसेका थिए । ब्यारेजको ५३ देखि ५६ नम्बरको ढोकाबीचबाट उनिहरू हराएको प्रहरीको भनाई छ । उनिहरू पानीमा हराउने बित्तिकै शसस्त्र प्रहरीको समूहले डुंगा( बोट) र अन्य साधन प्रयोग गरेर खोजतलास गरेपनि फेला परेन ।
बेलुका ६ बजेसम्म खोजतलास तिब्र पारेको थियो ।
बेपत्ता हुने शसस्त्र प्रहरीका जवान साउद डोटी जिल्लाका हुन् भने राजबंशी झापा जिल्लाका हुन् ।
४ दिनअघि हराएको राईको शव कोशीब्यारेजमा भेटियो
बेपत्ता भएका प्रहरीको खोजी गर्ने क्रममा संखुवासभा जिल्ला निवासी ३५ बर्षिय राजेश राईको शव फेला परेको थियो । ४÷५ दिन अगाडि झापा जाने भनी राई घरबाट हिडेको उनको आफन्तले बताए । घटनास्थलमा आइपुगेका मृतक राईको दाजु उत्तर बहादुर चामलिङ् राईको अनुसार झापामा पनि नपुगेको खबर पाएपछि खोजीकार्य सुरू गरिएको थियो ।
बैदेशिक रोजगारमा गएकी बुहारी र भाईबीच बिगत केही समयदेखी खटपट चल्दै आएको मृतकका दाईले भने बुहारीले सम्पर्क नै गायव गरेपछि यहि भाई तनावमा थियो ।