emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीको प्रहरीद्वारा मधेसका प्रख्यात ठगी गिरोहका नाइके हनुमानी पक्राउ

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
41
Views
सप्तरीको प्रहरीद्वारा मधेसका प्रख्यात ठगी गिरोहका नाइके हनुमानी पक्राउ

भूपदेव माली ,
 सप्तरी। 
पैसा दोबर गरिदिने भनेर ठगी गर्ने मधेशकै प्रख्यात गिरोहका नाइके हनुमानी भन्ने रामबहादुर रजक लाई सप्तरीको प्रहरीले पक्राउ गरेको छ। 
हरिनारायण यादव समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी हनुमानी भन्ने रामबहादुर रजकलाई  ठगी तथा अपराधिक विश्वासघात कसुर मुद्दा सप्तरीको कोइलाडी गाउँपालिका वडा नम्बर ७ बभनगामा स्थित सडक खण्डबाट आइतबार ३ बजेतिर पक्राउ गरिएको हो।
सप्तरीको तिलाठी गाउँपालिका वडा नम्बर ७ बभनगामा बस्ने वर्ष ४८ का हनुमानी भन्ने रामबहादुर रजक एक दशकदेखि मानिसहरूसँग लाख डेढ लाख पैसा लिएर सो पैसा बापत दोबर पैसा दिने भन्ने झाषा दिएर ठगी गर्ने कार्यमा रहेका थिए। पैसा दोबर गरिदिने प्रलोभनमा पारेर यी गिरोहका मानिसहरूले सर्वसाधारण सँग करोडौं रुपैयाँ असुल गर्दै आएका थिए।
हनुमानी केही वर्षअघि तीन वर्षसम्म ठगी मुद्दामै कारागार बसेका मान्छे हुन् विरोध अनिको ठगी मुद्दाहरूको उजुरी परेको देखिन्छ र प्रहरी नायब उपरीक्षक (डिएसपी) ढुण्डिराज न्यौपानेको कार्यकालमा हनुमानी विरुद्ध कतिपय उजुरीहरू परेता पनि वास्ता नै नगरी अपराधीलाई छुट दिएको पनि खुलासा भएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रतिवादी हनुमानीलाई हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको जानकारी गराएको छ। यस घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न उजुरीकर्ताहरुले माग गर्दै आएको छ। 
प्रतिवादी हनुमानीले अन्य कोही व्यक्तिहरूलाई समेत ठगी गरेको भए निजहरूलाई लिखित उजुरीसहित प्रहरी कार्यालयमा सम्पर्क राख्न प्रहरीले अनुरोध समेत गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव