emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, एक गम्भीर घाइते

source e-Madhesh २०८२ जेष्ठ २२ गते , बिहीबार
0
Shares
22
Views
सप्तरीमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, एक गम्भीर घाइते

उमेश कुमार यादव,
राजविराज, २२ जेष्ठ ।
 पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा नगरपालिका–६, करडवोनामा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा अग्नीसाइर कृष्णासवरन गाउँपालिका–२ का १९ वर्षीय सुजित चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। सुजित सवार बा ८७ प ९९७ नम्बरको मोटरसाइकल तीव्र गतिमा पूर्वतर्फ जाँदै गर्दा सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो।
राति ८ः३० बजे भएको दुर्घटनापछि घाइते दुबै जनालाई सिरहास्थित धामनी अस्पताल पु¥याइएको थियो। टाउको, अनुहार र शरीरमा गम्भीर चोट लागेका सुजितलाई थप उपचारका लागि विराटनगर लैजाँदै गर्दा अवस्था जटिल बनेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको थियो। अस्पतालमा राति १०ः५० बजे उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका २१ वर्षीय अविषेक चौधरीको हात र खुट्टामा गम्भीर चोट लागेको छ। उनलाई उपचारका लागि धरानस्थित अस्पतालमा लगिएको घाइतेका आफन्तले जनाएका छन्।
दुर्घटनापछि मोटरसाइकल इलाका प्रहरी कार्यालय करडवोनाको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव