emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

विश्व वातावरण दिवस २०२५: हरित भविष्यका लागि उपराष्ट्रपतिको आग्रह

source e-Madhesh २०८२ जेष्ठ २२ गते , बिहीबार
0
Shares
21
Views
विश्व वातावरण दिवस २०२५: हरित भविष्यका लागि उपराष्ट्रपतिको आग्रह

लिलाकान्त यादव,
काठमाडौं, २२ जेष्ठ ।
विश्व वातावरण दिवस २०२५ को अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिँदै वातावरण संरक्षणप्रति सामूहिक जागरूकता र उत्तरदायित्वको आह्वान गर्नुभएको छ। उहाँले “पृथ्वी हाम्रो साझा धरोहर हो” भन्ने सन्देशलाई आत्मसात् गरी प्रकृति र जैविक विविधताबीच दीर्घकालीन सन्तुलन कायम गर्न सबै पक्षको सक्रियताका लागि जोड दिनुभएको छ।
यस वर्षको नाराः “प्लास्टिक प्रदूषणको अन्त्य“ लाई स्मरण गर्दै उपराष्ट्रपति यादवले प्लास्टिकले जल, जमिन, जीवजन्तु र मानव स्वास्थ्यमा पु¥याइरहेको नकारात्मक असरप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। उहाँका अनुसार एकल प्रयोग प्लास्टिकको अत्यधिक प्रयोगले पृथ्वीको पारिस्थितिकी सन्तुलनमा गम्भीर असर पारिरहेको छ।
नेपालको सन्दर्भमा उपराष्ट्रपतिले हिमाली हिउँको पग्लन, वन तथा चुरे क्षेत्रको विनाश, जल स्रोतको सुक्खा, भूमिगत पानीको ह्रास, र वायु प्रदूषण जस्ता समस्यालाई गम्भीर चुनौतीका रूपमा चिनाउँदै सरकारले मात्र नभई नागरिक, निजी क्षेत्र, र स्थानीय सरकारको सहकार्यमा समाधान खोज्नुपर्ने उल्लेख गर्नुभयो।
उहाँले वातावरणमैत्री प्रविधि, वृक्षारोपण, ऊर्जा र पानीको बचत, प्लास्टिकको पुनर्चक्रण, र युवाहरूको नवप्रवर्तनलाई संरक्षण अभियानको मेरुदण्डका रूपमा चित्रण गर्दै साना साना अभ्यासबाट नै ठूला परिणाम ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो।
उपराष्ट्रपतिले पृथ्वीलाई हरित, स्वच्छ र दिगो बनाउने साझा अभियानमा आजैदेखि संलग्न हुन सबैमा आग्रह गर्दै, विश्व वातावरण दिवस २०२५ को अवसरले नयाँ सुरुवात र प्रतिबद्धताको प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव