ई-मधेश न्युज
विश्व वातावरण दिवस: प्लास्टिक प्रदूषणविरुद्धको हाम्रो प्रतिबद्धता
हरेक वर्ष ५ जुनमा मनाइने विश्व वातावरण दिवस विश्वभरि वातावरणप्रतिको सरोकार, जिम्मेवारी र चेतनालाई सशक्त बनाउने प्रमुख दिन हो। यस वर्षको नारा “द्यभबत एबिकतष्अ एयििगतष्यल” हो, जसले प्लास्टिकजन्य प्रदूषणविरुद्ध एकजुट भई निर्णायक कदम चाल्न हामी सबैलाई आह्वान गर्दछ।
विश्वमा वार्षिक झण्डै ४०० बिलियन टन प्लास्टिक उत्पादन हुन्छ, जसमा आधाभन्दा बढी एकपटक प्रयोग हुने प्लास्टिक हो। यी प्लास्टिकहरू समुद्र, नदी, जमिन हुँदै हाम्रो खाद्य श्रृंखलासम्म प्रवेश गरी मानव स्वास्थ्य र जैविक विविधतामा गम्भीर खतरा उत्पन्न गरिरहेका छन्।
नेपालमा पनि वातावरणीय संकट तीव्र हुँदै गएको छ। वायु प्रदूषण, जल स्रोतको दोहन, चुरे विनाश, र प्लास्टिक फोहोरले नगरदेखि गाउँसम्मको जीवन प्रभावित बनाएको छ। यद्यपि नेपालको संविधान २०७२ को धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक प्रत्याभूत गरे पनि व्यवहारमा कार्यान्वयन कमजोर देखिएको छ।
सरकारले पारित गरेको फोहोरमैला व्यवस्थापन ऐन २०६८ र शिक्षामार्फत जनचेतना फैलाउने प्रयास सराहनीय छन्, तर यी अझ प्रभावकारी बनाउनु जरुरी छ। प्लास्टिक झोलाको सट्टा कपडाको झोला, स्टिल वा काँचका बोतल प्रयोग, रिसाइकल र पुनः प्रयोगको संस्कृति विकास जस्ता साना कदमले ठूला परिणाम ल्याउन सक्छन्।
वातावरण संरक्षण केवल सरकारी काम होइन—यो हाम्रै जीवनशैली परिवर्तनको मुद्दा हो। त्यसैले आजको दिन हामीले भावी पुस्तालाई प्रकृति–प्रेम सिकाउने प्रतिबद्धता जनाउने अवसर हो।
विश्व वातावरण दिवस २०२५ को हार्दिक शुभकामना!