emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जातीय भेदभाव र छुवाछूतविरुद्धको संघर्षमा सबैको सहभागिता आवश्यकः उपराष्ट्रपति यादव

source e-Madhesh २०८२ जेष्ठ २१ गते , बुधबार
0
Shares
23
Views
जातीय भेदभाव र छुवाछूतविरुद्धको संघर्षमा सबैको सहभागिता आवश्यकः उपराष्ट्रपति यादव

लिलाकान्त यादव,
काठमाडौं, २१ जेष्ठ ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८२ को अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शुभकामना सन्देश जारी गर्दै विभेदरहित समाज निर्माणका लागि सबैको सक्रिय सहयोग आवश्यक रहेको बताएका छन्।
वि.सं. २०६३ जेठ २१ गते नेपाल सरकारले ‘छुवाछूतमुक्त राष्ट्र’ घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा मनाइने यो दिवस सामाजिक न्याय, समानता र मानव अधिकारका लागि प्रेरणा दिने अवसर भएको उनले बताएका छन्। संविधानको धारा २४ मार्फत छुवाछूत तथा जातीय भेदभावलाई गम्भीर सामाजिक अपराधका रूपमा दण्डनीय बनाइएको उल्लेख गर्दै उपराष्ट्रपतिले कानुनी संरचनाको कार्यान्वयनमा जोड दिए।
यद्यपि कानुन मात्रै पर्याप्त नभई सामाजिक र सांस्कृतिक सोचमा रूपान्तरण आवश्यक रहेको भन्दै उनले शिक्षा, सचेतना र समावेशी नीतिहरूको कार्यान्वयनमा जोड दिए। सबै नागरिकले समान अवसर, सम्मान र गरिमापूर्ण जीवन पाउने सुनिश्चितता नै लोकतान्त्रिक गणतन्त्रको सार हो भन्दै उपराष्ट्रपति यादवले जातीय विभेद र छुवाछूतको अन्त्यका लागि सरकार, नागरिक समाज र समुदाय सबैको साझा प्रयास जरुरी भएको बताएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव