emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

विद्यार्थीमाथिको आक्रमणप्रति समाजवादी विद्यार्थी युनियनको कडा विरोध

source e-Madhesh २०८२ जेष्ठ २० गते , मंगलबार
0
Shares
19
Views
विद्यार्थीमाथिको आक्रमणप्रति समाजवादी विद्यार्थी युनियनको कडा विरोध

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २० जेष्ठ ।
पोखराबाट शैक्षिक भ्रमण सकेर काठमाडौं फर्कंदै गरेका एनसिआईटी कलेजका द्यऋब् छैठौं सेमेस्टरका विद्यार्थीमाथि भएको ढुंगामुढा घटनाप्रति समाजवादी विद्यार्थी युनियन, नेपालले गम्भीर आपत्ति र घोर निन्दा जनाएको छ।
यातायात व्यवसायीको आन्दोलनको नाममा विद्यार्थीमाथि गरिएको आक्रमण अमानवीय र आपराधिक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। उक्त घटनामा परी चार जना विद्यार्थी घाइते भएका छन्। घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै युनियनले कलेज प्रशासनले तत्काल समन्वय गरेर घाइतेको उपचार र सबै विद्यार्थीको सुरक्षासहित घर फिर्ती सुनिश्चित गर्नु सकारात्मक कदम भएको बताएको छ।
शान्तिपूर्ण आन्दोलन हरेक नागरिकको अधिकार भए पनि निर्दोष विद्यार्थीमाथिको हिंसात्मक हमला कुनै हालतमा स्वीकार्य नहुने भन्दै युनियनले आन्दोलनरत पक्षलाई जिम्मेवार र संयमित रहन चेतावनी दिएको छ।
“यदि यस्ता घटनाहरू पुनः दोहोरिए भने समाजवादी विद्यार्थी युनियन संघर्षका कार्यक्रम ल्याउन बाध्य हुनेछ,” विज्ञप्तिमा उल्लेख छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव