emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

पुख्र्यौली संस्कृति जगेर्नामा मध्यपुर थिमिका युवाहरू सक्रिय

source e-Madhesh २०८२ जेष्ठ १८ गते , आइतबार
0
Shares
19
Views
पुख्र्यौली संस्कृति जगेर्नामा मध्यपुर थिमिका युवाहरू सक्रिय

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १८ जेष्ठ ।
 भक्तपुरको मध्यपुर थिमिस्थित ‘पाचो धिमे खलः’ले परम्परागत धिमे बाजाको जगेर्ना र हस्तान्तरणका लागि तीन महिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कला, संस्कृति र परम्परा बचाउने उद्देश्यसहित सञ्चालित उक्त कार्यक्रमको समापन तथा सम्मान समारोह शनिबार सम्पन्न भयो।
धिमे बाजा प्रशिक्षणमा ५३ जना युवा–युवती सहभागी थिए। कार्यक्रम संयोजक सुशन प्रजापतिका अनुसार प्रशिक्षणमा ४ वर्षे बालकदेखि अधवैँशे पुरुष र महिलासमेत सहभागी थिए। विगतमा महिलाको धिमेमा सहभागिता निषेध थियो भने अहिले परम्परागत किसली पूजासहित महिलालाई औपचारिक रूपमा तालिम दिइन थालिएको छ।
कार्यक्रममा प्रतिनिधिसभा सांसद दुर्लभ थापाले युवाहरूको सांस्कृतिक चेतनाप्रति सराहना गर्दै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए। मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले पनि बाजागाजाको संरक्षणमा नगरपालिकाको सहकार्य रहने बताए।
बागमती प्रदेश सांसद धनेश्वरी प्रजापतिले नेवार संस्कृतिले नेपाललाई चिनाएको उल्लेख गर्दै सांस्कृतिक अभियानमा निरन्तरता आवश्यक रहेको बताइन्।
कार्यक्रममा जीवित सांस्कृतिक धरोहर श्री श्रीगोपाल प्रजापति लगायत ६ जना थिमि भैलःका गुरु र ५ जना बाजा गुरुलाई सम्मान गरिएको थियो। समापन कार्यक्रममा धिमे बाजा नृत्य प्रस्तुतिसहित जनप्रतिनिधि, सुरक्षा निकाय, गुरु वर्ग, संस्कृतिप्रेमी र स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम बागमती प्रदेश सरकार, सामाजिक विकास कार्यालय ललितपुर भैंसेपाटीको लागत साझेदारीमा सम्पन्न भएको हो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव