emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

source e-Madhesh २०८२ जेष्ठ १७ गते , शनिबार
0
Shares
18
Views
सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

 

लिलाकान्त यादव,
राजविराज, १७ जेष्ठ ।
 सप्तरीको कञ्चनरूप नगरपालिका–१२ धरमपुरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। शनिबार बिहान आफ्नै मकै बारीमा बसेका ६६ वर्षीय स्थानीय केदार बिष्टको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
बिष्ट बिहान मकै बारीमा मकै कुरिरहेका बेला अचानक जंगली हात्तीले आक्रमण गरेको थियो। आक्रमणबाट उनी गम्भीर घाइते भई घटनास्थलमै ज्यान गुमाएका प्रहरी प्रमुख डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।
प्रहरीका अनुसार घटना स्थल घरदेखि करिब १०० मिटर टाढा रहेको छ। स्थानीयवासीको भनाइ अनुसार सो क्षेत्र आसपासमा पछिल्ला दिनमा जंगली हात्तीको आतंक बढ्दै गएको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान अगाडि बढाएको बताइएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव