emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

एमाले र चौतारीले १८ औ गणतन्त्र दिवस मनाए 

source e-Madhesh २०८२ जेष्ठ १६ गते , शुक्रबार
0
Shares
18
Views
एमाले र चौतारीले १८ औ गणतन्त्र दिवस मनाए 

भूपदेव माली,
राजविराज, १५ जेष्ठ ।
मुलुकमा स्थापित १८ औ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाएका छन् । यस अवसरमा सप्तरीको कञ्चनरूप नगरपालिका ८ स्थित नेकपा (एमाले) नगर पार्टी कार्यालयमा द्वीप प्रज्वलन गरि १८ औ गणतन्त्र दिवस मनाए । 
सो अवसरमा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवंम जिल्ला ईन्चार्ज सुमनराज प्याकुरेलले नेपाली जनताको ठुलो संघर्षबाट नेपालमा १७ बर्ष अगााडी भित्रिएको गणतन्त्रको वारेमा चर्चा गरे । उनले भने नेपाली क्रान्तीले जहिलेपनि मुलुकमा एउटा ठोस काम गर्ने गरेको ईतिहास साक्षी भएको छ । 
गणतन्त्र क्रान्तीबाटै स्थापित भएको हो उनले भने राजतन्त्रको बिरूद्धमा कदम उठाउने यधपी यसको बिरोधमा नेपाली जनतालाई मुलधारमा ल्याउन ( एमाले) को भुमिका थियो । स्व. मदन भण्डारीको फरक बिचार र उनको स्वर्गवास पछि केपी ओलिको बिचारले नेपाली जनतामा परिवर्तन ल्याएको हो, देशमा गणतन्त्र स्थापना भएको हो नेता प्याकुरेलले बताए ।
नगर अध्यक्ष बच्चुलाल चौधरीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रेस चौतारी नेपाल सप्तरी शाखाको पनि एक्यवद्धता रहेको थियो । कार्यक्रममा केन्द्रीय सदस्य दिवाकर देवकोटा, प्रदेश सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, नगरकमिटीका जिम्मेवार, युवा, महिला, चौतारी नेपाल लगायत संगठनका जिम्मेवारहरूको बाक्लो सहभागिता रहेको चौतारीका पूर्व जिल्ला सल्लाहकार उत्तम आचार्यले जानकारी दिए ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव