emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

तस्लीम अन्सारीमाथि अन्याय : संघीय गणतान्त्रिक मोर्चाले आन्दोलनको घोषणा

source e-Madhesh २०८२ जेष्ठ १४ गते , बुधबार
0
Shares
24
Views
तस्लीम अन्सारीमाथि अन्याय : संघीय गणतान्त्रिक मोर्चाले आन्दोलनको घोषणा

ईमधेश न्यूज सम्वाददाता,
राजविराज, १४ जेष्ठ ।
 सर्लाहीका तस्लीम अन्सारीमाथि भएको अमानवीय व्यवहार र त्यसपछि राज्य संयन्त्रले उल्टै पीडकमाथि मुद्दा लगाएको घटनाले राष्ट्रियस्तरमा तीव्र विरोध र आलोचना चर्किएको छ। संघीय गणतान्त्रिक गठबन्धनका शीर्ष नेताहरू पीडितसँग ऐक्यबद्धता जनाउँदै सिधै घटनास्थल पुगेका छन्।
नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले यो घटनालाई न्याय प्रणालीकै अपमान भनेका छन्। उनले भने, "पीडित तस्लीममाथि अन्याय हुनु लाजमर्दो मात्र होइन, राज्यको चरित्रकै कलङ्क हो।"
संघीय गणतान्त्रिक मोर्चाले जेठ १५ गते जनकपुरमा विशाल जुलुसमार्फत मोर्चाको औपचारिक घोषणा गर्दै न्याय, समानता र उत्पीडित वर्गको सशक्त आवाज उठाउने जनाएको छ।
अन्य नेताहरू—बहुजन एकता पार्टीका हरिनन्दन कुमार रञ्जन, नेपाल सद्भावना पार्टीका रामकुमार महतो, नेपाल जनजागृति पार्टीका ध्रुवलाल निषाद र सांसद विमला अन्सारीले संविधान, गणतन्त्र र समावेशी मूल्यको रक्षा गर्न निर्णायक संघर्षको आह्वान गरेका छन्।
संघीय मोर्चाको आन्दोलन केवल तस्लीमको मुद्दा होइन, सामाजिक न्याय, आत्मसम्मान र उत्पीडनविरुद्धको ऐतिहासिक सुरुवात भएको मोर्चाले स्पष्ट पारेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव