emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उत्तेजक अभिव्यक्तिप्रति मानव अधिकार आयोगको गम्भीर आपत्ति

source e-Madhesh २०८२ जेष्ठ १२ गते , सोमबार
0
Shares
25
Views
उत्तेजक अभिव्यक्तिप्रति मानव अधिकार आयोगको गम्भीर आपत्ति

ईमधेश न्यूज सम्वाददाता,
राजविराज, १२ जेष्ठ ।
 राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते काठमाडौंमा आयोजना गर्न लागेको प्रदर्शनसँग सम्बन्धित विषयमा बोल्दै प्रधानमन्त्री ओलीले “काठमाडौं जेठ १५ गते ११ बजेबाट २ बजेसम्म एमालेको नियन्त्रणमा हुनुपर्छ” भन्ने अभिव्यक्तिप्रति आयोगले आपत्ति जनाएको हो।
आयोगका अनुसार यस्तो अभिव्यक्ति विधिको शासन, लोकतान्त्रिक अभ्यास र अभिव्यक्ति स्वतन्त्रताविपरीत छ। देशको शान्ति सुरक्षा र अमनचयन कायम राख्ने जिम्मेवारी राज्यका सुरक्षा निकायको हो, कुनै पार्टी विशेषले राजधानी नियन्त्रणमा लिने निर्देशन दिनु लोकतान्त्रिक मूल्य र मान्यता विपरीत हुने आयोगको भनाइ छ।
आयोगले शान्तिपूर्ण रूपमा विचार, अभिव्यक्ति र प्रदर्शन गर्न पाउने हक संविधानले सुनिश्चित गरेको स्मरण गराउँदै, उत्तेजनात्मक अभिव्यक्तिले भिडन्त निम्त्याउने खतरा रहेको स्पष्ट पारेको छ।
राजतन्त्र समर्थक आन्दोलनको सन्दर्भमा आयोगमा आन्दोलनको अनुगमन गर्न माग गरिएको जानकारीपत्र प्राप्त भइसकेको छ। आयोगले प्रधानमन्त्रीलगायत सबै पक्षलाई शान्ति र सहिष्णुता कायम राख्ने र भ्रामक तथा उत्तेजक अभिव्यक्ति नदिन आग्रह गरेको छ।
आयोगले मानव अधिकार र लोकतन्त्रको मर्मअनुसार जिम्मेवार व्यवहार देखाउन आह्वान गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव