emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेश प्रदेशका सांसद सहिदा खातुनद्वारा स्थानीयलाई कुटपिट

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
40
Views
मधेश प्रदेशका सांसद सहिदा खातुनद्वारा स्थानीयलाई कुटपिट

शिवकुमार साह
सिरहा ।

 मधेश प्रदेशका सभा सदस्यले नै प्रहरी नाममा विचाैलिया बनी रुपैयाँ असुली गरि रहेकाे घटना सार्वजनिक भएकाे छ । 

सिरहा जिल्ला गोलबजार नगरपालिका–१३ दुर्गापुरकी जनता समाजवादी पार्टी नेपालबाट समानुपातिबाट चयन हुनु भएकी  मधेस प्रदेश सभा सदस्य सहिदा खातुनले प्रहरीसंग मुद्दा मिलाएकाे बापत ४० हजार रुपैयाँ  नदिएकाले  कुटपिट घटना भएकाे हाे ।
सभा सदस्य आफै  पनि  स्थानीयमाथि लठ्ठी प्रहार गरि घाइते बनाएकाे भिडियाे समेत सार्वजनिक भएकाे छ। तर यस प्रकारकाे विडियाे सार्वजनिक हुदाँ पनि पक्राउ गर्नु साट्टाे प्रहरीले नै संरक्षण गरि रहेको पिडितहरुकाे आराेप छ ।
साेही घटनाकाे विषयमा पिडितहरु बुधबार  पत्रकार सम्मेलनगरी ” आफुहरु न्यायकाे लागि पत्रकारहरुलाई गुहारेका छाैं । हामीलाई न्याय दिलाई दिनु । सभासदस्य खातुनले पावर र पैसाकाे भरमा हामीलाई कुटपिट गरे । अहिले पनि हामीहरु उपचारमा छाैं । तर प्रहरी उहाँलाई पक्राउ गर्नुकाे साट्टाे हामीहरुलाई  पक्राउ गरि रहेकाे छ । के याे देशमा जनता लागि न्याय छैन ?  नेताहरुकाे पावर र पैसाकाे भरमा हामी पीडितलाई नै झन पीडा दिने कहाँकाे न्याय हाे ।” हामी गरीब चना चटपटे बेचेर जीवन चलाउँछौं। हाम्रो सहारा बनिदिन अधिकारकर्मीहरुलाई पत्रकार सम्मेलनमा दीपत खातुनले आँसु झार्दै सहयाेग माग गरिन ।
उनले रुदै भनिन् ” सांसद खातुन, उनका श्रीमान् मो. हाकिम, छोरा दिल मोहम्मद र भाई मो. रहिमले ४० हजार रुपैयाँको विषयलाई लिएर मर्ने गरि कुटपिट गरे   अहिले उपचार गराइरहेको  अस्पतालमा समेत  आफन्त पठाएर धम्की  त्रास दिने गरेको छ ।

घटना विवरण –
सांसद खातुनले तिम्रो  छोराको नाम खुनी मुद्दा थियाे मैले नाम हटाउन लगाएकाेले  हटाउन खर्च भएको ४० हजार रुपैयाँ माग गरेकी थिइन्।   उक्त विषयमा पञ्चायतमार्फत छलफल गर्न खोज्दा सांसद खातुन र उनका परिवारका सदस्यहरूले हामीहरू माथि हातपात गरेकाे पीडित  दीपत खातुन बताईन् ।
कुटपिटबाट घाईते भएका आलन मोहम्मद मिया,मोहम्मद आसिफ,मोहम्मद रजबुला,जाहिर मिया,मो.सुरत,नसिमा खातुन,रबिना खातुन,छेदनि खातुन,हजरा खातुन,तेतरि खातुन,फजिला खातुन र नसिबनि खातुन लगायत दर्जनौंले गोलबजारको भूमिजा अस्पतालमा उपचार गराईरहेका छन् ।
यता, सांसद खातुनको निर्देशनमा पीडित पक्षका चार जना – आलम मियाँ, अब्दुल अजीज, मो. रजाबुल र मो. रोजाईलाई प्रहरीले पक्राउ गरेको पीडितले बताए ।
पीडित पक्ष र सर्वसाधारणले घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनको माग गरेका छन्  । घटना विषयमा सांसद सहिदा खातुनसंग फाेनमा साेधपुछ गर्दा उहाँ यसबारेमा केहि बताउन चाहनुभएन ।
 
No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव