emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

आगामी वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ताः मन्त्री सुडी

source e-Madhesh २०८२ जेष्ठ ५ गते , सोमबार
0
Shares
23
Views
आगामी वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ताः मन्त्री सुडी

लिलाकान्त यादव,
राजविराज, ०५ जेष्ठ ।
 महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले आगामी आर्थिक वर्ष २०८२÷८३ देखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरिने जानकारी दिएका छन्।
प्रतिनिधिसभाको बैठकमा सांसद प्रेम सुवालको प्रश्नको उत्तर दिँदै मन्त्री सुडीले हाल ७० वर्षमाथिका ज्येष्ठ नागरिकले पाउँदै आएको भत्ता अब ६८ वर्षमा झार्ने तयारी भइरहेको बताए। सामाजिक सुरक्षा ऐन, २०७५ अनुसार हाल दलित र एकल महिला ज्येष्ठ नागरिकले ६० वर्षमा र अन्यले ७० वर्ष पुगेपछि मात्र भत्ता पाउने व्यवस्था छ।
मन्त्री सुडीले गैरसरकारी संस्थाहरूलाई समाज कल्याण परिषद्मार्फत एकद्वार प्रणालीबाट परिचालन गर्ने नीतिलाई प्रभावकारी बनाउने तयारी भइरहेको बताए। नेपाल राष्ट्र बैंकलाई परिषद्को स्वीकृति प्राप्त परियोजनाहरू मात्र रकम सञ्चालन गर्न अनुरोध गरिएपछि परिषद्मा दर्ता हुने संस्थाहरूको संख्या बढेको पनि जानकारी दिए।
उनका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा १,३०४ संस्थाले २,०८४ परियोजना सञ्चालन गरेका थिए भने चालु आवको चैत मसान्तसम्म १,३२४ संस्थाका १,८३३ परियोजना स्वीकृत भएका छन्।
साथै, मन्त्री सुडीले सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका मागैन सदा, चन्द्र सदा लगायत नागरिकता नभएका दलितहरू ७२ वर्षको उमेरसम्म पनि सामाजिक सुरक्षा भत्ता नपाएको उल्लेख गर्दै नागरिकता अभावकै कारण उनीहरू सेवा पाउनबाट वञ्चित भएको बताए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव