ई-मधेश न्युज
सप्तरीमा मदन–आश्रित स्मृति सामुदायिक भवनको शिलान्यास
भूपदेव माली,
राजविराज, ०३ जेष्ठ ।
नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सप्तरी इन्चार्ज सुमनराज प्याकुरेल र गृहमन्त्री राजकुमार लेखीले सप्तरीको राजविराजस्थित मदननगरमा मदन–आश्रित स्मृति सामुदायिक भवनको संयुक्त रूपमा शिलान्यास गरेका छन्।
३२औं मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा रु ३५ लाख लागतमा १६÷१८ मिटर क्षेत्रफलमा बन्ने भवनको शिलान्यास गरिएको हो। भवन निर्माणका लागि आवश्यक बजेट मधेश प्रदेश सरकारअन्तर्गत पूर्वाधार मन्त्रालयबाट प्राप्त भएको जानकारी दिइएको छ।
शिलान्यास कार्यक्रममा एमाले केन्द्रीय सदस्य सरिता गिरी यादव, जिल्ला अध्यक्ष ताराकान्त चौधरी, सचिव देवनाथ यादवसहित पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो। कार्यक्रममा सामुदायिक पूर्वाधार निर्माणमार्फत स्थानीयस्तरमा राजनीतिक स्मृतिको संरक्षण र सामाजिक गतिविधिको प्रवद्र्धन हुने विश्वास व्यक्त गरिएको थियो।