emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा चट्याङले बालिकाको मृत्यु, एक बालक घाइते

source e-Madhesh २०८२ जेष्ठ ३ गते , शनिबार
0
Shares
28
Views
सप्तरीमा चट्याङले बालिकाको मृत्यु, एक बालक घाइते

लिलाकान्त यादव,
राजविराज, ०३ जेष्ठ ।
 सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ डालवामा शुक्रबार बिहान चट्याङको कारण एक बालिकाको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन्।
भारतको उत्तर प्रदेश, सामलि केरना पञ्चायत वडा नं. ८१ घर भई हाल कोशीको बगरमा अस्थायी टहरा बनाएर खरबुजा खेती गर्दै आएका जाहिद खानकी ७ वर्षीया छोरी जेनव खातुन र गुलु खानका ७ वर्षीय छोरा जुविर खान बिहान करीब ५ः३० बजेको समयमा चट्याङको ध्वनिले आत्तिएर घाइते भएका थिए।
दुवै जनालाई उपचारका लागि तत्काल छिन्नमस्ता अस्पताल, राजविराज ल्याइए पनि जेनव खातुनलाई चिकित्सकले बिहान ८ः१५ बजे मृत घोषणा गरेका छन्। जुविर खानको अवस्था भने सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।
घटनाको जानकारी पाउनेबित्तिकै रामपुरमल्हनिया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। मृतकको शव हाल अस्पतालमै राखिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव