ई-मधेश न्युज
गृहमन्त्री लेखकको दाबी ः कांग्रेस–एमाले गठबन्धन टुट्ने कुनै सम्भावना छैन
ईमधेश न्इूज सम्वाददाता,
राजविराज, ०१ जेष्ठ ।
गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन अटुट रहने दाबी गरेका छन्। सप्तरीको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनमा दरार ल्याउने कुनै सम्भावना नरहेको स्पष्ट पारे।
पूर्व प्रधानमन्त्रीहरूलाई तीन–तीन महिनामा विश्वासको मत लिनुपर्ने अवस्था आउँदा स्थायित्व कमजोर भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले अहिलेको सरकार त्यस्तो परिस्थतिबाट मुक्त रहेको बताए। सरकार गठन भएको १० महिनामा आर्थिक क्षेत्रमा उल्लेखनीय प्रगति भएको उनको दाबी छ।
उनले वर्तमान सरकार निष्पक्ष कारबाहीमा विश्वास राख्ने भन्दै व्यक्ति हेरेर आग्रह–पूर्वाग्रहको आधारमा कदम नचालिने स्पष्ट पारे। साथै, सहकारी ठगी मुद्दामा फरार रहेका जीबी राईको खोजी जारी रहेको जानकारी पनि दिए।