ई-मधेश न्युज
संयुक्त लोकतान्त्रिक मोर्चाको सचिवालय गठन, सात दलका प्रतिनिधि सहभागी
लिलाकान्त यादव,
राजविराज, ०१ जेष्ठ ।
संयुक्त लोकतान्त्रिक मोर्चाले सचिवालय गठन गरेको छ। सात राजनीतिक दलहरूको सम्मिलनबाट बनेको यस मोर्चाले प्रत्येक दलबाट एक–एक प्रतिनिधि सहभागी गराउँदै सचिवालय टुंग्याएको हो।
सचिवालयमा जनमत पार्टीबाट सांसद अब्दुल खान, जनता समाजवादी पार्टीबाट रामकुमार शर्मा, जनता प्रगतिशील पार्टीबाट उपाध्यक्ष डा. शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, तमलोपा (तराई–मधेस लोकतान्त्रिक पार्टी) बाट ब्रजकिशोर सिंह र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ज्ञानेन्द्र झा सदस्य चयन गरिएको छ।
सचिवालय गठनसँगै मोर्चाले साझा एजेन्डा तय गर्न र मधेसकेन्द्रित दलहरूको आवाजलाई समन्वय गर्न क्ष्लकतष्तगतष्यलब िरूप दिएको जनाएको छ। मोर्चाले संविधान संशोधन, संघीयता सुदृढीकरण, नागरिकता समस्या समाधान, सीमांकन पुनरावलोकनलगायत विषयमा संयुक्त धारणा निर्माण गर्दै अघि बढ्ने बताइएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, यो सचिवालय मधेस राजनीतिमा एकजुटता र प्रभावशाली दबाब समूहको रूपमा कार्य गर्नसक्ने संकेत हो। मोर्चाले आगामी दिनमा आन्दोलनका कार्यक्रम पनि तय गर्ने तयारी गरेको छ।