emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

“भ्रष्टाचारको दलदलमा सरकार डुबेको छः जसपा अध्यक्ष यादव“

source e-Madhesh २०८२ वैशाख ३० गते , मंगलबार
0
Shares
26
Views
“भ्रष्टाचारको दलदलमा सरकार डुबेको छः जसपा अध्यक्ष यादव“

ईमधेश न्यूज सम्वाददाता,
मोरङ, २९ वैशाख ।
 जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारलाई पूर्णरूपमा असफल भएको आरोप लगाएका छन्। उनले मुलुकमा अहिले भ्रष्टाचार, कुशासन र कमिसनखोरहरूको शासन चलिरहेको दाबी गरेका छन्।
सोमबार विराटनगरमा आयोजित जसपा नेपालको मोरङ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै यादवले सरकारले आफ्नै प्रतिबद्धता अनुसार सुशासन, भ्रष्टाचार नियन्त्रण तथा संविधान संशोधन जस्ता विषयमा कुनै काम नगरेको बताए। उनले देशको समग्र शासन प्रणालीमा बिचौलिया र कमिसन एजेन्टहरू हावी भएको उल्लेख गरे।
“सबै खाले नियुक्ति, नीति तथा कार्यक्रम र बजेट निर्माणसम्म बिचौलियाको चलखेल छ,” यादवले भने, “लेनदेनका आधारमा हुने नियुक्तिले गभर्नरजस्ता संवैधानिक पदसमेत समयमै भरिन सकेका छैनन्।”
उनले यो सरकार व्यक्तिगत महत्वाकांक्षाको आधारमा बनेको आरोप लगाउँदै, राज्य अहिले लूटतन्त्र र कमिसनतन्त्रमा फसेको दाबी गरे। यादवले भ्रष्टाचार र बेतिथिको अन्त्य नभएसम्म देशले कुनै पनि दिशामा प्रगति गर्न नसक्ने चेतावनीसमेत दिए।
यादवले जनताको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी शासन व्यवस्था र नागरिकका मौलिक हकहरूलाई संस्थागत गर्न सबै दल गम्भीर बन्नुपर्ने बताए। उनले लोकतन्त्रको रक्षा, सुशासनको स्थापनाका लागि नयाँ संघर्ष आवश्यक भएको उल्लेख गर्दै अधिवेशनमार्फत संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव