emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

रौतहटमा एकल महिलामाथि अत्याचारः स्थानीय जनप्रतिनिधि र अदालत कर्मचारीमाथि मिलेमतोको आरोप

source e-Madhesh २०८२ वैशाख २८ गते , आइतबार
0
Shares
24
Views
रौतहटमा एकल महिलामाथि अत्याचारः स्थानीय जनप्रतिनिधि र अदालत कर्मचारीमाथि मिलेमतोको आरोप

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं २८ बैशाख ।
 रौतहटको चन्द्रपुर नगरपालिका–२ र ४ का वडाध्यक्षहरूले एकल महिला अन्जु केसीमाथि अमानवीय व्यवहार गर्दै न्याय नदिएको गुनासो सार्वजनिक भएको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पीडित केसीले स्थानीय जनप्रतिनिधि र अदालतका कर्मचारीले मिलेमतो गर्दै आफूलाई आर्थिक र मानसिक रूपमा चरम पीडा दिएको बताइन्। उनका अनुसार, सम्मानित रौतहट जिल्ला अदालतबाट आफ्ना पक्षमा फैसला भए तापनि सो निर्णय कार्यान्वयन नगरिएको र उल्टै घुसको माग गरिएको छ।
अन्जु केसीका अनुसार, ८ लाख रुपियाँ क्यान्टिन व्यवसायका लागि दिएको पैसा फिर्ता नपाएपछि अदालतको फैसला अनुसार १२ लाखको जग्गा लिलाम गराइएको थियो। तर कर्मचारी मिलेमतोमा अन्य जग्गा लिलाम गरिएको, अदालतकै आदेशमा मालपोत कार्यालयबाट पूर्जा बने पनि सो जग्गा भोगचलन गर्न नपाइएको आरोप लगाइन्।
उनले स्थानीय सरकार, प्रहरी, अदालत, वडा अध्यक्षहरू र न्यायीक समितिसम्म सबै पक्ष एकताबद्ध भएर आफूलाई प्रताडित गरिरहेको बताउँदै न्यायको लागि काठमाडौंसम्म आउनु परेको दुखेसो गरिन्।
पत्रकार सम्मेलनमा माओवादी नेता सोनाम घिसिङले स्थानीय तहमा भएको भ्रष्टाचार देखिएको पुष्टि गरे भने चन्द्र बहादुर तामाङले पीडितको पक्षमा प्रेस विज्ञप्ति वाचन गर्दै केन्द्रमा आवाज उठाउनु परेको बताए।
पीडितले नेपाल सरकार, सर्वोच्च अदालत र मानव अधिकार आयोगको ध्यानाकर्षण गर्दै जीवन र सम्पत्तिको सुरक्षा तथा अदालतको आदेश कार्यान्वयनको माग गरेकी छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव