emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राजनीति तीन ध्रुवमा विभाजित हुँदैछः उपेन्द्र यादव

source e-Madhesh २०८२ वैशाख २६ गते , शुक्रबार
0
Shares
22
Views
राजनीति तीन ध्रुवमा विभाजित हुँदैछः उपेन्द्र यादव

ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, २६ बैशाख ।
जनकपुरधाम जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको राजनीति अग्रगामी, यथास्थितिवादी र पश्चगामी गरी तीन ध्रुवमा विभाजित भइरहेको बताएका छन्। धनुषामा आयोजित जसपा नेपालको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक परिदृश्यमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकासका लागि अग्रगामी शक्तिहरू दृढ भए पनि यथास्थितिवादी र पश्चगामी शक्तिहरूले लोकतान्त्रिक उपलब्धिहरूमाथि संकट खडा गरिरहेको आरोप लगाए।
अध्यक्ष यादवले जनआन्दोलन, सशस्त्र विद्रोह र मधेस आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशीता, नागरिक स्वतन्त्रता र मौलिक हक जोगाउन अग्रगामी शक्तिहरू प्रतिबद्ध रहे पनि यथास्थितिवादी शक्तिहरूले ती मान्यतालाई आत्मसात् गर्न नसकेको बताए।
उनका अनुसार पछिल्लो समय पश्चगामी धारहरूले टाउको उठाउँदै संघीयता र समावेशीतामाथि प्रहार गर्ने दुस्साहस गरिरहेका छन्। उनले समानता, सहभागिता र समानुपातिक प्रतिनिधित्व अझै पनि सुनिश्चित नभएको बताउँदै उपलब्धिहरू जोगाउन जसपा चट्टानी अडानका साथ उभिनुपर्ने समय आएको स्पष्ट पारे।
यादवले राजनीतिक अस्थिरताको कारणले राष्ट्रिय एजेन्डाहरू ओझेलमा परिरहेको र सशक्त अग्रगामी आन्दोलन आवश्यक भएको धारणा राखे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव