emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

‘नेपाली विद्यार्थीको हत्या दुःखद, तर भारतीय विश्वविद्यालयमा समग्रमा सुरक्षित वातावरण’

source e-Madhesh २०८२ वैशाख २५ गते , बिहीबार
0
Shares
28
Views
‘नेपाली विद्यार्थीको हत्या दुःखद, तर भारतीय विश्वविद्यालयमा समग्रमा सुरक्षित वातावरण’

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २५ बैशाख ।
 सन्दिप विश्वविद्यालय, महाराष्ट्रले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीका लागि समग्रमा सुरक्षित र सकारात्मक वातावरण रहेको बताएको छ। विश्वविद्यालयका व्यवस्थापक आरएन झाले केही क्याम्पसहरूमा भएको घटनाले आफूहरू स्तब्ध भएको जनाउँदै दोषीमाथि छानबिन गरी न्याय दिलाउन भारत सरकारले प्रक्रिया अघि बढाएको बताए।
झाले नेपाली विद्यार्थीप्रति आफूहरूको गम्भीरता र संवेदनशीलता रहेको जनाउँदै महाराष्ट्र नासिक र बिहार मधुवनीस्थित क्याम्पसमा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि ८ करोड भारु (झण्डै १३ करोड नेपाली रुपैयाँ) बराबरको छात्रवृत्ति घोषणा गरेका छन्। उनले आर्थिक रूपले कमजोर र मेधावी विद्यार्थीहरूलाई लक्षित गरी सो व्यवस्था गरिएको बताए।
विश्वविद्यालयका अर्का प्रतिनिधि अमित यादवले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै भाषा, संस्कृति र शिक्षाको साझा सम्बन्धले गर्दा नेपाली विद्यार्थीहरूप्रति विशेष ध्यान दिइएको उल्लेख गरे।
उनका अनुसार दुई क्याम्पसमा २५ हजार विद्यार्थीमध्ये २ सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन्।
उनीहरूले भारतीय शिक्षण संस्थाहरूमा सुरक्षा, सुविधा र अवसरको भरपूर व्यवस्था रहेको भन्दै नेपाली अभिभावक र विद्यार्थीहरूलाई निश्चिन्त भएर आउन आह्वान गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव