emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

“नीति तथा कार्यक्रम जनमुखी छैनः जसपा अध्यक्ष यादवको टिप्पणी“

source e-Madhesh २०८२ वैशाख २३ गते , मंगलबार
0
Shares
19
Views
“नीति तथा कार्यक्रम जनमुखी छैनः जसपा अध्यक्ष यादवको टिप्पणी“

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २३ बैशाख ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको नीति तथा कार्यक्रमलाई औचित्यहीन र केवल कर्मकाण्डका रूपमा चित्रित गरेका छन्। प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि बोल्दै उनले कार्यक्रमले कुनै ठोस उद्देश्य पूरा नगर्ने दाबी गरे।
उनका अनुसार नीति तथा कार्यक्रम एक ऐतिहासिक परम्पराको निरन्तरता मात्र हो, जसले व्यवहारमा कुनै परिवर्तन ल्याउँदैन। “बुक बाँड्ने र टीकाटिप्पणी गर्न बाहेक यसले के गर्छ?“ भन्ने प्रश्न उठाउँदै यादवले यसको अर्थपूर्णता प्रति गहिरो शंका व्यक्त गरे।
उनले नीतिगत भाषामा “समाजवादउन्मुख“ भन्ने शब्द प्रयोग भए पनि समग्र दस्तावेज नवउदारवादी सोचतर्फ उन्मुख रहेको तर्क गरे। “नवउदारवाद र समाजवाद एक अर्काका विपरित विचार हुन्,“ यादवले स्पष्ट पारे।
समाजवादउन्मुख नीतिमा गरिब, किसान, मजदुर, महिला, मधेसी, दलित, आदिवासी, अल्पसंख्यक लगायत वर्गको आवश्यकता र हकलाई केन्द्रमा राख्नुपर्ने धारणा व्यक्त गर्दै उनले नीति तथा कार्यक्रममा ती वर्गको प्रतिनिधित्व नदेखिएको उल्लेख गरे।
यादवले कार्यक्रम जनमुखी बन्न नसकेको भन्दै आलोचना गर्दै भने, “यदि साँच्चै समाजवादउन्मुख हुने हो भने नीति त्यसअनुरूप बन्नुपर्ने हो, तर यहाँ नवउदारवाद झल्किएको छ।“

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव