emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

भ्रष्टाचारविरुद्ध संघर्षमा कम्युनिष्ट युवा संगठन

source e-Madhesh २०८२ वैशाख २२ गते , सोमबार
0
Shares
33
Views
भ्रष्टाचारविरुद्ध संघर्षमा कम्युनिष्ट युवा संगठन

ईमधेश न्यूज सम्वाददता,
काठमाडौं, २२ वैशाख ।
कम्युनिष्ट युवा संगठन नेपालले एमाले, काँग्रेस र माओवादी मिलेर देशलाई लुटिरहेको आरोप लगाउँदै तीव्र संघर्ष गर्ने घोषणा गरेको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनका अध्यक्ष हरिश भट्टले हालै सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनका निर्णयहरू सार्वजनिक गरे।
उनले देशमा ‘लुटतन्त्र’ संस्थागत भइसकेको आरोप लगाउँदै भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक र प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिन गर्न माग गरे। साथै, सहकारी, लघुवित्त र मिटरब्याजी पीडितहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सत्ताधारीहरू जनताको आवाजप्रति संवेदनशील नरहेको टिप्पणी गरे।
भट्टले राज्यको ढुकुटी आफन्त र कार्यकर्ताको लाभका लागि प्रयोग गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। संगठनले देशभर भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध आन्दोलन छेड्ने तयारी गरिरहेको जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव