emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

विश्व प्रेस स्वतन्त्रता दिवस भब्यताका साथ मनाइयो 

source e-Madhesh २०८२ वैशाख २० गते , शनिबार
0
Shares
28
Views
विश्व प्रेस स्वतन्त्रता दिवस भब्यताका साथ मनाइयो 

भुपदेव माली, 
राजविराज, २० बैशाख ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाले विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ । शाखाका आफ्नै सभाहलमा शनिबार पत्रकार आचारसहिता र प्रेस स्वतन्त्रता बिषयक अन्तरक्रीया कार्यक्रम गरि प्रेस स्वतन्त्रता दिवस मनाएको हो ।
शाखाका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा बक्ताहरूले प्रेस स्वतन्त्रता नाम मात्रको भएकोले पत्रकारहरू जोखिममा पर्दै आएको भन्दै दुःख ब्यक्त गरे । उनिहरूले शुभकामना दिनेक्रममा भने पत्रकारहरूको सुरक्षा, हकहीत जस्ता अधिकारमुखी कार्य स्वतन्त्रता भित्र पर्ने भएकोले कानुनमा जताए बमोजिम लागू हुनुपर्ने छ । 
सो अवसरमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साह, सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजु बिश्वकर्मा, सप्तरी महासंघका पूर्व अध्यक्षहरू क्रमशः बिष्णु मण्डल, बैधनाथ झा, मुरली प्रसाद यादव र धीरेन्द्र प्रसाद साहले बिचार ब्यक्त गरेका थिए ।
यस्तै शुभकामना मन्तब्य दिनेमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश पूर्व सचिव भोला पासवान, प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयलाल कर्ण, प्रेस चौतारी नेपाल जिल्ला उपाध्यक्ष नानीमैया कट्वाल, प्रेस मञ्च नेपाल जिल्ला अध्यक्ष धर्मपाल राउत, प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष बिन्दु कुमार यादव थिए । 
शाखाका कावा सचिव डम्बर राईले संचालन गरेको उक्त कार्यक्रमलाई शाखाका उपाध्यक्ष राम नारायण बिश्वासले स्वागत मन्तब्य दिएका थिए । सो अवसरमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, बरखगण, अनुसंधानका प्रमुख लगायतका सहभागी थिए ।
विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मुलुकभर मनाइएको छ । प्रत्येक बर्ष यो दिवस मे ३ तारीकका दिन मनाईने गरिन्छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव