ई-मधेश न्युज
उपराष्ट्रपति यादव द्वारा विश्व श्रमिक दिवस २०२५ को शुभकामना
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १८ बैशाख ।
१३६औँ विश्व श्रमिक दिवस (१ मे, २०२५) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
राष्ट्रको समृद्धि, विकास र निर्माणमा श्रमिकहरूको योगदान अतुलनीय छ। श्रमिकहरूको श्रम, समर्पण र संघर्षलाई सम्मान गर्दै सुरक्षित र समान अवसरसहितको वातावरण निर्माण हाम्रो साझा दायित्व हो। श्रमिकहरूलाई न्यायोचित पारिश्रमिक, सामाजिक सुरक्षा, सीप विकास तथा सुरक्षित कार्यस्थल सुनिश्चित गर्नु राज्यको प्रमुख जिम्मेवारी हो।
नेपालको संविधानले श्रमिकहरूको अधिकार र सामाजिक सुरक्षालाई सुनिश्चित गरेको छ। विशेष गरी कृषि, उद्योग, निर्माण, पर्यटन र वैदेशिक रोजगारमा श्रमिकहरूको योगदान उल्लेखनीय छ। तर, आफ्नै माटोमा श्रम गरि न्यायोचित जीविकोपार्जनको वातावरण बनाउन अझ प्रयास गर्न आवश्यक छ।
यो दिवसले श्रमिकमैत्री कानुनको प्रभावकारी कार्यान्वयन, बालश्रम उन्मूलन, महिला श्रमिकको सुरक्षा तथा अनौपचारिक क्षेत्रको सुधारका लागि सबैलाई प्रेरित गरोस् भन्ने कामना गर्दछु।
पुनः, सम्पूर्ण श्रमजीवीहरूलाई सम्मान र समर्पणसहितको श्रमिक दिवसको शुभकामना व्यक्त गर्दछु।