ई-मधेश न्युज
५८ किलो गाँजासहित एकजना पक्राउ, अटो बरामद
लिलाकान्त यादव,
काठमाडौं, १७ वैशाख ।
सप्तरीको तिरहुत गाउँपालिका–२, बडहरा स्थित हुलाकी सडक खण्डबाट ५८ किलो गाँजासहित एकजना व्यक्ति पक्राउ परेका छन्। प्रहरी निरीक्षक लेख बहादुर विष्टको कमाण्डमा खटिएको गस्ती टोलीले फत्तेपुरबाट डिमनतर्फ गइरहेको अटो (प्र.१–०२–००३४ च.२९३४) लाई शंका लागि चेकजाँच गर्दा गाँजा बरामद भएको हो।
अटोभित्र दुईवटा सेतो प्लास्टिकका पोका र एक बोरा गरी जम्मा ५८ केजी गाँजा भेटिएको हो। अटो चालक उदयपुरको बेलका नगरपालिका–३, मोरडगे टोल निवासी ४१ वर्षीय पराम दाहाल पक्राउ परेका छन्। उनलाई लागू औषध मुद्दामा अनुसन्धानका लागि सप्तरी जिल्ला अदालतबाट १० दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले प्रयोग गरिएको अटो पनि नियन्त्रणमा लिएको छ। लागू औषध ओसारपसार नियन्त्रण गर्न प्रहरीले चेकजाँच र निगरानीलाई थप कडा बनाएको जनाएको छ।