emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी वर्षा तथ्याङ्क संकलनमा परिचालन

source e-Madhesh २०८२ वैशाख १७ गते , बुधबार
0
Shares
28
Views
नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी वर्षा तथ्याङ्क संकलनमा परिचालन

ईमधेश न्यूज सम्वाददता,
काठमाडौं, १७ वैशाख ।
 नेपाल इन्जिनियरिङ कलेजका सिभिल इन्जिनियरिङ विभागका २० विद्यार्थी सामाजिक वैज्ञानिकका रूपमा वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा परिचालित भएका छन्। स्मार्टफोन फर वाटर नेपाल (S4W-नेपाल) को पहलमा उनीहरूलाई काठमाडौँ उपत्यकाजस्ता अव्यवस्थित शहरी क्षेत्र र तथ्यांक अभाव रहेका स्थानहरूमा पानीको अध्ययनमा खटाइएको हो।
उनीहरूले मोबाइल एप्स र सरल उपकरणको प्रयोगमार्फत वर्षा मापन, पानीको बहाव र व्यवस्थापनसम्बन्धी डेटा संकलन गर्नेछन्। जल स्रोतको दीर्घकालीन व्यवस्थापनमा युवाको सहभागिता सशक्त बनाउन सो परियोजना सुरु गरिएको हो।
S4W-नेपालका प्रमुख कार्यकारी अधिकृत डा. सञ्जीव न्यौपानेका अनुसार यो अभियान केवल तथ्याङ्क संकलनमा सीमित नभई स्थानीय तहमा क्षमता विकासमा केन्द्रित छ। “हाम्रो प्रयासले दीर्घकालीन जल स्रोत दिगोपनामा योगदान दिनेछ,” उनले भने।
कलेजमै आयोजित कार्यक्रममार्फत परियोजनाको उद्देश्य, कार्यविधि र दीर्घकालीन प्रभावबारे जानकारी दिइएको थियो। विभाग प्रमुख एसोसिएट प्रोफेसर रमेश खनालले पूर्वविद्यार्थी न्यौपानेको नेतृत्वमा यस्ता अभियानमा विद्यार्थीको संलग्नता गर्वको विषय भएको बताए।
परियोजनामा सहभागी विद्यार्थीलाई विशेष अभिमुखीकरण गराइएको छ। क्४ध्–नेपालले नागरिक वैज्ञानिकतालाई प्रोत्साहन गर्दै जल स्रोत व्यवस्थापनमा नवीन दृष्टिकोण ल्याउने अपेक्षा लिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव