emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा यात्रुबाहक बस दुर्घटना, दुईको मृत्यु र सात घाइते

source e-Madhesh २०८२ वैशाख १४ गते , आइतबार
0
Shares
26
Views
सप्तरीमा यात्रुबाहक बस दुर्घटना, दुईको मृत्यु र सात घाइते

लिलाकान्त यादव,
राजविराज, १४ वैशाख ।
 सप्तरी जिल्लाको कंचनरुप नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे उदयपुरबाट विराटनगरतर्फ गइरहेको प्र१–०१–००१ ख ३४२० नम्बरको बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी एक पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। मृतकहरूको सनाखत भइसकेको छैन। दुवैको शव गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज पठाइएको छ।
दुर्घटनामा घाइते भएकामध्ये सुबेता दाहाल, मनोज भट्टराई, मिना भट्टराई, चेतना भट्टराई र कमला भुसालको अवस्था मध्यम रहेको छ भने अन्दाजी ७५ वर्षीय एक पुरुषको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको धर्मेश्वर अस्पताल, गोल्डेन अस्पताल विराटनगर र नगर अस्पतालमा उपचार भइरहेको छ।
बस दुर्घटनापछि चालक फरार भएका छन्। प्रहरीले घटनास्थलमा पुगेर खोजतलास तथा अनुसन्धान थालेको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार बसको गति तीव्र रहेको र अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव