emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

“जातीय, लैंगिक र आर्थिक भेदभाव अन्त्यका लागि वैश्विक एकता आवश्यक ः उपेन्द्र यादव“

source e-Madhesh २०८२ वैशाख १४ गते , आइतबार
0
Shares
29
Views
“जातीय, लैंगिक र आर्थिक भेदभाव अन्त्यका लागि वैश्विक एकता आवश्यक ः उपेन्द्र यादव“

लिलाकान्त यादव,
राजविराज, १४ वैशाख ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गरिबी, असमानता र शोषणविरुद्धको संघर्षलाई विश्वव्यापी रूपमा अगाडि बढाउनुपर्ने बताएका छन्।
भारतको हैदरावादमा प्रोग्रेसिभ एलाइन्सले आयोजना गरेको ’विश्वव्यापी न्याय सम्पादनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’लाई सम्बोधन गर्दै यादवले विश्वभरका मानिसहरूका लागि स्वतन्त्रता, समानता, सामाजिक न्याय र मानव अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा कानुनी न्याय सुनिश्चित गरिनु आवश्यक रहेको उल्लेख गरे।
जलवायु परिवर्तनको प्रभावबाट प्रभावित कमजोर राष्ट्रहरूको संरक्षणका लागि जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको न्यायपूर्ण व्यवस्थापन हुनुपर्नेमा जोड दिँदै यादवले भने, “विकसित देशहरूले उत्पादन गरेको प्रदूषणको असर कमजोर र विकासशील राष्ट्रहरूले बेहोरिरहेका छन्, त्यसैले विकसित देशहरूले पर्यावरणीय क्षतिको जिम्मेवारी लिनुपर्छ।”
यादवले वैश्विक व्यापार, कर प्रणाली र ऋणको बोझले धनी र गरिब देशबीच आर्थिक असमानता बढाएको र यसले अर्थको न्यायपूर्ण वितरणमा चुनौती उत्पन्न गरेको टिप्पणी गरे।
“युद्ध, संघर्ष र अत्याचारले विश्वभर मानिसहरूको मौलिक अधिकार हनन भइरहेको छ। सबै व्यक्तिका मौलिक अधिकारको संरक्षण, लैंगिक समानता र सामाजिक न्यायलाई प्रवद्र्धन गर्नुपर्छ,” उनले जोड दिए।
जाति, लिङ्ग, धर्म, वर्ग र राष्ट्रियता आदिका आधारमा भेदभाव बढ्दो क्रममा रहेको उल्लेख गर्दै अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य र रोजगारीमा सबैको पहुँच सुनिश्चित गर्नुपर्ने तथा महिला, अल्पसंख्यक र सिमान्तकृत वर्ग समुदायको अधिकार र स्रोत साधनमा पहुँच तथा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताए।
उनले समाजवादी, सामाजिक लोकतान्त्रिक, श्रमिक तथा प्रगतिशील शक्तिहरूले विश्वव्यापी रूपमा स्वतन्त्रता, समानता, सामाजिक न्याय र बन्धुत्वको अभियान निरन्तर अगाडि बढाउनुपर्नेमा पनि जोड दिए।
भारतको तेलांगाना सरकारको संयोजन तथा प्रोग्रेसिभ एलाइन्सको आयोजनामा हैदरावादमा भइरहेको तीनदिने सम्मेलनमा १०० भन्दा बढी मुलुकका ४०० भन्दा बढी समाजवादी राजनीतिक पार्टीका प्रतिनिधिहरू सहभागी छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव