emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

आज नेपालको १३ औं लोकतन्त्र दिवस मनाइँदैछ ।

source e-Madhesh २०८२ वैशाख ११ गते , बिहीबार
0
Shares
31
Views
आज नेपालको १३ औं लोकतन्त्र दिवस मनाइँदैछ ।

विक्रम संवत् २०६२/६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्रले घोडा टेकी जनताको नासो जनताले सुम्पिएकोले नेपालमा लोकतन्त्र स्थापना भएको थियो ।ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गरेकाले हरेक वर्ष वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो।
सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन चर्कियो । राजधानी काठमाडौंमा मानवसागर उर्लियो । आन्दोलनमा दुई दर्जन बढीको ज्यान गयोभने सैकडु घाइते भएका थिए।
अन्ततः वैशाख १ गते राजा ज्ञानेन्द्र घुँडा टेक्न बाध्य भए र जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरेका थिए।
आन्दोलनरत दलले तयार पारेकै मस्यौदाका आधारमा ज्ञानेन्द्रले ०६३ वैशाख ११ गते राति संसद पुनःस्थापनाको घोषणा गरेकाले  यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ ।
नेपालमा लोकतन्त्र स्थापना भयो। जनताले अपेक्षा गरे गरेका लोकतन्त्र, जनताका सपनाहरूको लोकतन्त्र यति वर्ष बितिसक्दा पनि साकार नभएको कुरा जनताले नै आभास गर्दछन्।
२०६३ जेठ ४ गते बसेको पुनःस्थापित संसद बैठकले राजदरवारको अधिकार कटौती त गर्‍यो , तर अत्यधिक करको मार जनतामाथि लादियो।
लोकतन्त्र स्थापना भएको दिन वैशाख ११ र गणतन्त्र स्थापना भएको दिन जेठ १५ मा मनाए पनि
सरकारले भने लोकतन्त्र, गणतन्त्रलाई संविधानले संस्थागत गरेकाले संविधान जारी भएको दिन २०७२ साल असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाउने र सो दिन मात्र सार्वजनिक विदा दिने गरेको छ ।
यतिबेला जनताको मनमा के छ त? के साँच्चिकै लोकतन्त्रप्रतिको विश्वास र आस्था अझै उस्तै छ त? लोकतन्त्रका नेतृत्वहरूले यसको महिमा कायम राख्न सकेको छ त वा जनताले अर्को विकल्पको अपेक्षा गरिरहेका छन् त? यस्ता प्रश्नहरू जनताको मनमा उब्जिरहेका छन्। 
देश हाँक्ने विभिन्न दलका शीर्ष नेताहरूले लोकतन्त्रको महिमा कायम राख्न सचेत हुनु आवश्यक छ। समयमै सचेत हुन सकिएनभने जनताले अर्को विकल्प रोजने अवस्थालाई बुझ्नु आवश्यक छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव