emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

कक्षा १२ परीक्षा सिडिओको संयोजकत्वमा सञ्चालन हुने

source e-Madhesh २०८२ वैशाख ९ गते , मंगलबार
0
Shares
21
Views
कक्षा १२ परीक्षा सिडिओको संयोजकत्वमा सञ्चालन हुने

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०९ वैशाख ।
 यही वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सरकारले जिल्ला प्रशासनलाई केन्द्रमा राखेर तयारी तीव्र पारेको छ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक दुर्गा प्रसाद शर्माका अनुसार, प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को संयोजकत्वमा परीक्षा समन्वय समिति गठन गरिएको छ। उक्त समितिले परीक्षा सञ्चालन, सुरक्षा, अनुगमन र समन्वय जिम्मेवारी सम्हाल्नेछ।
शर्माले बताएअनुसार, देशभर एकैसाथ सुरु हुने परीक्षामा परीक्षार्थीको सुरक्षादेखि उत्तरपुस्तिका व्यवस्थापनसम्मका कामहरू स्थानीय प्रशासनको सक्रियतामा हुनेछ।
हाल देशभरको परीक्षा केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन, प्रश्नपत्र ढुवानी र सुरक्षासम्बन्धी तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ।
यसबीच, शिक्षक आन्दोलनले परीक्षाको वातावरणमा केही अन्योलता सिर्जना भए पनि परीक्षा निर्धारित मितिमा हुने र कुनै असर नपर्ने गरी तयारी भइरहेको बोर्डले स्पष्ट पारेको छ।
सरकारले शिक्षा मन्त्रालय र गृह मन्त्रालयबीच समन्वय गरी शिक्षक, विद्यार्थी र अभिभावक सबैको विश्वास जित्नेगरी परीक्षा सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव