emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

शिक्षाको अधिकारमा अवरोध हुन नदिन आयोगको आग्रह

source e-Madhesh २०८२ वैशाख ८ गते , सोमबार
0
Shares
26
Views
शिक्षाको अधिकारमा अवरोध हुन नदिन आयोगको आग्रह

लिलाकान्त यादव,
राजविराजं, ०८ वैशाख ।
 नेपाल मानव अधिकार आयोगले शिक्षक आन्दोलनका कारण प्रभावित भइरहेका विद्यार्थीहरूको शिक्षाको अधिकार जोगाउन सरकार र शिक्षक महासंघ दुबै पक्षलाई वार्ता गर्न आग्रह गरेको छ।
अभिभावक संघ नेपालले आन्दोलनका कारण विद्यालय भर्ना, कक्षा १२ को परीक्षा र एसईई उत्तरपुस्तिका मूल्याङ्कन जस्ता महत्वपूर्ण शैक्षिक कार्यक्रम रोकिएको भन्दै आयोगको ध्यानाकर्षण गराएको थियो। सोही सन्दर्भमा आयोगले वैशाख ७ गते नेपाल सरकारलाई पत्राचार गरेको हो।
पत्रमा नेपालको संविधानको धारा ३१ र ३९ अन्तर्गत बालबालिकाको मौलिक हकको रक्षा गर्दै, विगतमा शिक्षक महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न र परीक्षा शान्तिपूर्ण ढंगले सञ्चालन हुने वातावरण बनाउने माग गरिएको छ।
आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेका अनुसार, समयमा समस्या समाधान हुन नसके करिब ५५ लाख विद्यार्थीको शिक्षामा दूरगामी मनोवैज्ञानिक असर, क्यालेण्डर अवरोध र शिक्षा प्रणालीमै नकारात्मक प्रभाव पर्ने खतरा रहेको छ।
आयोगले शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन नेपाल सरकार र नेपाल शिक्षक महासंघलाई गम्भीर भएर वार्ता र समाधानको बाटोमा अघि बढ्न पुनः आग्रह गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव