emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सिरहामा जसपाको अधिवेशन, उपेन्द्र यादवको संघीयता र पहिचानमा जोड

source e-Madhesh २०८२ वैशाख ८ गते , सोमबार
0
Shares
24
Views
सिरहामा जसपाको अधिवेशन, उपेन्द्र यादवको संघीयता र पहिचानमा जोड

ईमधेश न्यूज सम्वाददाता,
सिरहा, ०८ वैशाख ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिरहा जिल्ला कार्यसमितिको प्रथम जिल्ला अधिवेशन आइतबार गोलबजारस्थित फुलबारी रिसोर्टमा सुरु भएको छ।
अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष उपेन्द्र यादवले गरेका थिए। उनले मधेसको पहिचान, अधिकार र आत्मनिर्णयको पक्षमा जसपाको ऐतिहासिक भूमिका रहेको बताउँदै, “जसपाले मधेसलाई राजनीतिक रूपमा सशक्त बनाएको छ,” भने।
जिल्ला अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका नेता हरिनारायण चौधरी र नेकपा एमालेका नेता डा. नवीन कुमार यादव पनि सहभागी थिए।
डा. यादवले मधेस प्रदेशमा शिक्षा, कृषि र दक्ष जनशक्ति अभाव समाधान गर्न राज्य गम्भीर हुनुपर्ने बताए। छुवाछुतजस्ता सामाजिक विकृति अन्त्यका लागि नीतिगत हस्तक्षेप आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा जसपाका नेताहरू राजलाल यादव, राजकिशोर यादव, सुरेश मण्डल, ललिता दास, जानकी यादव लगायतको सहभागिता थियो। स्वागत मन्तव्य राकेश रोशन गुप्ताले राखेका थिए भने मधेस गान प्रस्तुत गरिएको थियो।
संघीयता, समाजवाद र सामाजिक न्यायलाई मूल नाराका रूपमा अघि सारेको अधिवेशन नयाँ नेतृत्व चयन र नीति निर्माणका छलफलका साथ सम्पन्न हुनेछ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव