emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

इन्जिनियर उत्पादनमा नेपाल इन्जिनियरिङ कलेजको भूमिका उल्लेखनीय ः पूर्वविद्यार्थी

source e-Madhesh २०८२ वैशाख ७ गते , आइतबार
0
Shares
20
Views
इन्जिनियर उत्पादनमा नेपाल इन्जिनियरिङ कलेजको भूमिका उल्लेखनीय ः पूर्वविद्यार्थी

लिलाकान्त यादव,
भक्तपुर, ०७ वैशाख ।
 नेपाल इन्जिनियरिङ कलेज (नेक) मा शनिबार सम्पन्न ‘नेक अल्मुनाई मिट’ कार्यक्रममा कलेजका पूर्वविद्यार्थीहरूले कलेजले दक्ष प्राविधिक जनशक्ति उत्पादनमा पु¥याएको योगदानप्रति प्रशंसा व्यक्त गरेका छन्।
कार्यक्रममा सहभागी पूर्वविद्यार्थीहरूले कलेजको शिक्षाले आफूहरूलाई सफल करियर बनाउने अवसर दिएको भन्दै आभार प्रकट गरे। पूर्व विद्यार्थी तथा कार्यक्रमका वक्ताहरूले कलेजलाई अझ गुणस्तरीय र विश्वस्तरीय बनाउन एकजुट भएर सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा बोल्दै प्रथम अल्मुनाई महासचिव इ. दीपक बाबु कंडेल, दोस्रो समितिका इ. विनोद देवकोटा, सहसचिव इ. पदमकुमार मैनालीलगायतले कलेजले निजी क्षेत्रबाट गुणस्तरीय शिक्षा सुरु गरेर इन्जिनियर उत्पादनमा उल्लेखनीय योगदान दिएको बताए।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, प्राचार्य दुर्गाप्रसाद भण्डारी, संस्थापक सदस्य इ. सलिल भट्टराईलगायतको उपस्थिति थियो।
सन् १९९४ मा स्थापना भएको यस मुनाफारहित संस्थाले हालसम्म दश हजारभन्दा बढी दक्ष इन्जिनियर उत्पादन गरिसकेको सहायक प्राचार्य मोहनध्वज केसीले जानकारी दिए।
करीब ५ सय पूर्वविद्यार्थी सहभागी ‘नेक अल्मुनाई मिट’ मा भविष्यमा पनि कलेजको उन्नयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव