emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

वीरगन्जमा पत्रकारमाथि आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण

source e-Madhesh २०८२ वैशाख ३ गते , बुधबार
0
Shares
27
Views
वीरगन्जमा पत्रकारमाथि आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण

लिलाकान्त यादव,
विरगंज, ०३ बैशाख ।
 वीरगन्जमा भएको प्रदर्शनको समाचार संकलनको क्रममा पत्रकारहरू घाइते भएको घटनाप्रति नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एभीन्यूज टेलिभिजनका अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल ओझा र चन्द्रसूर्य वाणीका धीरेन्द्र तिवारी घाइते भएपछि महासंघले बुधबार विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख र आक्रोश व्यक्त गरेको हो।
महासंघका अनुसार पत्रकारहरू प्रदर्शनकारीको ढुंगामुढा र प्रहरीले प्रयोग गरेको लाठी प्रहारका कारण घाइते भएका हुन्। महासंघले सत्य सूचना सम्प्रेषणमा संलग्न सञ्चारकर्मीहरू असुरक्षित हुनु अभिव्यक्ति स्वतन्त्रतामाथिको आघात भएको उल्लेख गरेको छ।
“पत्रकारमाथिको आक्रमण कुनै पनि बहानामा अस्वीकार्य छ,” विज्ञप्तिमा भनिएको छ, “प्रहरी प्रशासनले नागरिक र सञ्चारकर्मीको सुरक्षामा जिम्मेवारी निभाउनुपर्छ।”
महासंघले दोषी पहिचान गरी कडा कानुनी कारबाहीको माग गर्दै घाइते पत्रकारहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।
घटनाले सञ्चारकर्मीमाथिको बढ्दो असुरक्षा र प्रेस स्वतन्त्रताको चुनौतीलाई उजागर गरिरहेको भन्दै महासंघले राज्यका सबै अंगलाई प्रेस अनुकूल वातावरण निर्माण गर्न आग्रह गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव