emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा २० वर्षीया युवती मृत फेला, घाँसपातले छोपिएको अवस्थामा शव भेटियो

source e-Madhesh २०८२ वैशाख ३ गते , बुधबार
0
Shares
29
Views
सप्तरीमा २० वर्षीया युवती मृत फेला, घाँसपातले छोपिएको अवस्थामा शव भेटियो

लिलाकान्त यादव, 
राजविराज, ०३ बैशाख ।
 सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुर टोलस्थित कुसुमलाल साहको पोखरी छेउमा एक २० वर्षीया युवतीको शव घाँसपातले छोपिएको अवस्थामा फेला परेको छ।
मृतक नागेन्द्र रामकी अविवाहित छोरी पूजा कुमारी राम हुन्, जो सोही स्थानमा बस्ने स्थायी बासिन्दा थिइन्। शव भेटिएको जानकारी प्राप्त भएलगत्तै प्रहरी चौकी धाँतीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेर सुरक्षा व्यवस्था मिलाएको थियो।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कडरबोना, जिल्ला प्रहरी कार्यालय सप्तरी र मधेश प्रदेश प्रहरी कार्यालयको केनाईन शाखा (म्इन् टोली) समेत घटनास्थलमा खटाइएको थियो।
प्रहरीका अनुसार, शव पोखरीको डिलमा घाँसपातले ढाकिएको अवस्थामा भेटिएपछि शंका लाग्दो परिस्थिति देखिएको छ। अनुसन्धानका लागि सबै पक्षबाट टोली परिचालन गरिएको छ।
बिहान १२ः३० बजे सूचना आएपछि सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए भने साँझ ५ः४५ बजे शव उठाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा अस्पताल) पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेकाले विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव